नागरिकहरुका माग खोज्दै गाउँ गाउँमा बागमतीका नगर प्रमुख थापा

753 Shares

दुर्गा कुमारी अधिकारी
निर्वाचित भएपछि धेरै जनप्रतिनिधिहरु जनताका घर आँगनमा फर्किएर नजाने प्रचलन रहेको समयमा सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख जनताका घरघरमा पुगेर नागरिकहरुका समस्या खोज्न व्यस्त रहेका छन् ।
निर्वाचित भए पछि धेरै जनप्रतिनिधिहरु शासकको रुपमा देखिने गरेका भएपनि बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा आफ्नो नगरका हरेक जनताका घरघरमा पुगेर समस्या बुझ्ने र ती समस्याहरुको समाधान गर्न लागि परेका छन् ।
निर्वाचित भएका धेरै जनप्रतिनिधिहरु सत्ता र शक्तिको वरीपरी घुमेर आफ्नो लाभको सेटिङमा व्यस्त रहने गरेका भएपनि निर्वाचित भएदेखि नै जनताको कामदारको रुपमा आफुलाई स्थापीत गर्न तत्लीन भएका नगर प्रमुख थापाले पहिलो कार्यकालमा राज्यले दिने नगर प्रमुखको कुनै पनि सेवा सुविधा लिएनन्  भने आफुलाई गाडी किन्न दिएको पैसाले दुर्गमका जनतालाई पानी खुवाउन ट्याङकर किनेर चर्चामा आएर उनले आफ्नो नगरका हरेक जनताका मौलिक अधिकारहरुका साथै आधारभुत आवश्यकताहरुको पहिचान गरि पुरा गर्ने यात्रामा निरन्तर लागि रहेका थिए । जसका कारण दोस्रो कार्याकाल दोहोर्याएर उनले आफ्नो नगर मात्र नभई सर्लाही क्षेत्र नम्बर ३ का सबै जनताहरुसंग सहयात्रामा लागेका छन् ।
देश संघिय संरचनामा गएपछि बनेको गाउा गाउँको सिंह दरवारको पत्यक्ष महसुस गराउने यात्रामा बागमती नगरपालिकाका नगर प्रमुख थापा सहित नगरका सबै जनप्रतिनिधिहरु लागि परेका नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताईन् । उनका अनुसार जनताले गाउँ गाउँको सिंह दरबारको सेवा सुविधा घरघरमै पाउनु पर्छ भनेर नगरपालिकाले सामाजिक सुरक्षा भक्ता समेत वडा कार्यालयहरुका साथै अशक्त अपाङ्गता भएका नागरिकहरुको घरघरमै पुर्याएको छ ।
त्यस्तै,नगरको शिक्षा,स्वास्थ्य,भौतिक पुर्वाधार विकास निर्माण लगायतका कामका साथै स्थानीयलाई रोजगारी सृजना गरी आन्तरीक आयसंग जोड्ने काममा पनि नगरपालिका लागि परेको छ ।
 

सम्बन्धित समाचार