ब्रम्हपुरी ४ स्थित त्रिभुवननगरबाट ठुलो मात्रामा भन्सार छलीको सामान बरामद्,विवरण सार्वजनिक गर्न बाँकी

1k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवननगर स्थित नेपाल भारत सिमा क्षेत्रबाट सुरक्षाकर्मीहरुले ठुलो मात्रामा भन्सार छलीको सामान नियन्त्रणमा लिएका छन् । ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवननगर स्थित नेपाल भारत सिमा क्षेत्रबाट अवैध तरिकाले भन्सार छली भित्र्याईएको भन्सार छलीको ठुलो मात्राको सामान सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका हुन् ।


शसस्त्र प्रहरी सिमा सुरक्षा बल बोर्डर आउट पोष्ट(बिओपी) त्रिभुवननगर र प्रहरी चौकी त्रिभुवननगरको संयुक्त टोलीले भन्सार छलीको ठुलो मात्राको सामानहरु नियन्त्रणमा लिएका हुन ।

शसस्त्र प्रहरी सिमा सुरक्षा बल बोर्डर आउट पोष्ट(बिओपी) त्रिभुवननगर र प्रहरी चौकी त्रिभुवननगरको संयुक्त टोलीले नियन्त्रणमा लिएको भन्सार छलीको सामान जिल्ला प्रहरी कार्यालय सर्लाहीमा तत्कालै बुझाएको भएपनि के के सामान र कति परिमाण तथा अन्दाजी मुल्य कति भन्ने विषयमा प्रहरीले सार्वजनिक गरेको छैन ।


छिमेकी देश भारतसंग नेपालको सिमाना खुल्ला रहेको र पारिवारीक सम्बन्ध समेत रहेका कारण जिल्लाका सिमानाहरुमा घरायसी सामानहरुको ओसार पसार हुने गरेको भएपनि अत्याधिक मात्रामा भन्सार छलीका सामानहरु ओसार पसार हुने गरेको भन्दै प्रहरीले विभिन्न समयमा पटक पटक भन्सार छलीको सामानहरु नियन्त्रणमा लिने गरेको छ । स्थानीयले घरायसी विभिन्न क्रियाकलापहरुका लागि भन्दै यसरी सामानहरु ओसार पसार गर्ने गरेका छन् ।

भने आईतबार नियन्त्रणमा लिएको सामानहरुको अनुसन्धान सुरु भएकाले विवरण सार्वजनिक हुन ढिला भएको प्रहरी स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार