२८६७ औं बुद्ध जयन्तीको अवसरमा २२ गते लालबन्दीमा सांस्कृतिक कार्यक्रम हुने

946 Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको लालबन्दीमा २८६७ औं बुद्ध जयन्तीको अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपाल तामाङ घेदुङ सर्लाहीको आयोजनामा २८६७ औं बुद्ध जयन्तीको अवसरमा यहि बैशाख २२ गते शुक्रबार विशेष पूजापाठ तथा सेलो गायक÷संगीतकार फुल कुमार बोम्जनको साथमा साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
बैशाख २२ गते शुक्रबार २८६७ औं बुद्ध जयन्तीको अवसरमा विशेष पूजापाठ तथा सेलो गायक÷संगीतकार फुल कुमार बोम्जनको साथमा साँस्कृतिक कार्यक्रम–२०८० आयोजना हुने भएको नेपाल तामाङ घेदुङ सर्लाहीले जनाएको छ ।
सेलो गायक÷संगीतकार बोम्जनको साथमा साँस्कृतिक कार्यक्रम–२०८० आयोजना हुने भएको नेपाल तामाङ घेदुङ सर्लाहीले जिल्लाका शान्ति प्रेमी बौद्ध धर्मवलम्बीहरुलाई उपस्थितीको लागि समेत अनुरोध गरेको छ ।
 लालबन्दी नगरपालिका ७ स्थित हुलाक कार्यालय नजिकै २८६७ औं बुद्ध जयन्तीको अवसरमा हुने सांस्कितिक कार्यक्रममा शान्ति प्रेमी बौद्ध धर्मवलम्बीहरु लगायत तामाङ समुदायका ताम्बा,गान्बा,लामा,बोन्बो,समाजसेवी,समाजका अगुवाई व्यक्ति महिला,युवा वर्गहरुलाई कार्यक्रममा उपस्थित हुन नेपाल तामाङ घेदुङ सर्लाहीले अनुरोध गरेको हो ।

सम्बन्धित समाचार