बागमतीले सुरु गर्यो विद्युतीय नक्सा पास प्रणाली

1.1k Shares

सर्लाहीको बागमती नगरपालिकाले घर नक्सा अब विद्युतिय प्रणालीबाट गर्ने भएको छ । मधेश प्रदेशका अधिकांश स्थानीय निकायहरु आन्तरिक विवाद कारण अत्यन्त जर्जर बनिरहेको समयमा बागमती नगरपालिकाले विद्युतीय नक्सा पास प्रणाली सुरु गरेको हो ।


जिल्लाका २० स्थानीय तहहरुका साथै मधेश प्रदेशका एक सय ३६ स्थानीय तहहरु मध्य सबै भन्दा पहिला बागमती नगरपालिकाले विद्युतीय नक्सा पास प्रणाली सुरु गरेको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।उनका अनुसार नगरपालिकाले हरेक विकास निर्माणका साथै नगरबासीहरुका मौलिक र नैसर्गीक अधिकारका कुराहरुलाई पहिलो प्राथमिकता दिएको र सोही अनुसार नगरबासीहरुलाई सास्ती नहोस भन्नका लागि विद्युतीय नक्सा पास प्रणाली सुरु गरेको हो ।

जनप्रतिनिधिहरु संघियताको मर्म र भावना अनुरुप चल्न नसकेको कारण जनताको घर दैलोमा आईपुगेको भनिएको सिंहदरवार झनै आकासको फल जस्तो नबनोस् र हरेक नागरिकहरुले सहज रुपमा स्थानीय तहबाट पाउने सेवा सुविधा पाउन भनेर विद्युतीय नक्सा पास प्रणाली सुरु गरिएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताईन् ।

उनका अनुसार बागमती नगरपालिकाले विकास र समृद्धिको नारा मात्र हैन,योजना नै लिएर निरन्तर अघी बढिरहेको छ।नगरको दिगो विकास र समृद्धिको महत्वपुर्ण योजना साकार पार्ने कार्यमा नगरका सबै जनप्रतिनिधिहरुको अथक साथ सहयोग र प्रयास रहेको छ ।

ठुला बजार तथा उद्योग कल कारखाना नरहेको यस नगरले जनप्रतिनिधि पाएयता गरेको विकास प्रदेशकै नमुना मात्र नभई निकै लोभलाग्दो उदाहरण बनेको स्थानीय जानकार दिपक रानाभाटले बताए । उनका अनुसार बागमती नगरपालिकाका जनप्रतिनिधिहरुको आखाँमा केही बर्ष पछिकोे बागमती नगरपालिकाको स्वरुप अत्यन्त सुन्दर,समृद्ध र सु व्यवस्थित छ ।


पहिलो पटक निर्वाचित भए लगतै तलव भत्ता नलिने शपथ खाएका र आफ्नो लागि सवारी साधन खरिद गर्न छुट्याईएको रकमबाट जनताको लागि पानी ढुवानी गर्न ट्यांकर किनेर चर्चामा आएका नगर प्रमुख थापाको नगर विकासको योजनाले यतिबेला सर्वत्र मन जितेको स्थानीय जानकार रानाभाटले बताए ।

“नगर प्रमुखमा आफु निर्वाचित भएर आएसगै नगरको चौतर्फि विकासमा ठुलो सम्भावना र चुनौती देखेको नगर प्रमुख थापाले बताए ।‘नगर विकासको महत्वपुर्ण पाटो आन्तरिक आयश्रोत भएपनि हामीसंगँ त्यस्तो केही थिएन।’उनले बताए ।त्यसैले मेरो पहिलो प्राथमिकता नै नगरको दिगो विकास,सुन्दरता र आयश्रोतको योजनाहरुमा परेको होे। यस नगरलाई प्रदेशकै सुन्दर र रमणिय पर्यटकिय स्थलको रुपमा विकास गर्ने योजना रहेको छ । ”नगर प्रमुख थापाले बताए ।

‘यस नगरपालिकामा अरु नगरपालिकाको जस्तो बेच्ने सामान वा उद्योग धन्दा केही छैन्।’‘हामी यो पवित्र बागमतीको काखमा छौ,उत्तरमा चुरे श्रृंखला छ,यसैलाई सिंगारेर दुनियाँलाई पैसा लिएर देखाउने योजना बनाएका हौं।’नगर प्रमुख थापाले बताए ।


बागमती नगरपालिकाले करिब तीन सय किलोमिटर सडक कालो पत्रे गरि सकेको छ । नगरका अधिकांस सडकको स्तरोउन्नती पछि धुलो र हिलो मुक्त भई सकेको छ। नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको कायापलटले नगरवासीको मन जितेको मात्र छैन्। यसको प्रत्यक्ष परिणाम देखिने गरि भएका कामले सर्वत्र प्रशंसा बटुल्न सफल भएको छ। 


बालमैत्री वातावरणमा शिक्षण सिकाई,मन्टेश्वरी विधि र आधुनिक प्रविधि मैत्री शिक्षा बागमती नगरपालिकाको उद्देश्य रहेको नगर शिक्षा शाखा प्रमुख मिनप्रसाद उपाध्यायले बताए ।उनका अनुसार नगरपालिकाले दक्ष जनशक्ति उत्पादनलाई जोड दिदै नगरमै सस्तो सर्वसुलव ढंगलले सिभिल ईनिजनियर,कृषि विज्ञान र पशु विज्ञान जस्तो महत्वपुर्ण प्राविधिक शिक्षा समेत संचालन गरिरहेको छ।

नागरिकको आधारभुत आवश्यक्तालाई समेत सगँसगै लिएर समग्र विकासको परिकल्पना गर्न निकै चुनौती रहेपनि यो आजको आवश्यक्ता भएकोले पुरा गर्नै पर्ने आफ्नो दायित्व रहेको नगर प्रमुख थापाको भनाई छ। नगरको समग्र विकास र नगरलाई आन्तरिक आर्थिक सामाजिक र भौतिक रुपमा समृद्ध बनाउन महत्वपुर्ण योजनाहरु नगरपालिकाले सञ्चालन गरि रहेको छ ।

सम्बन्धित समाचार