सुशासनको अभियानलाई तुहाउन खोज्नेहरु परास्त हुन्छन् ः गृहमन्त्री श्रेष्ठ

गणेश खड्का    प्रकाशित: २०८०-६-१५ गते   ३२५ पटक हेरिएको

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश)ले सरकारले अघि बढाएको सुन तस्करीमा छानबिन प्रक्रियालाई आम जनताको ठुलो समर्थन रहेको बताएका छन् ।गृहमन्त्री श्रेष्ठले अहिले भ्रष्टाचारी,तस्कर र अपराधीविरुद्ध अभियान चलाउँदा उनीहरुका संरक्षकहरु सरकार, सम्बन्धित मन्त्रालय र मन्त्रीविरुद्ध आक्रमण ढंगले प्रस्तुत गरिरहे पनि जनताको ठुलो समर्थन प्राप्त भएको भन्दै सुशासनको अभियानलाई तुहाउन खोज्ने षड्यन्त्रलाई परास्त पारिने उल्लेख गरे ।
देशमा भइरहेको सुन तस्करी प्रकरणमा सीआईबीले गरेको छानबिन एकहदसम्म सफल भएको गृहमन्त्री श्रेष्ठको भनाई छ । उनले तस्करीका घटनालाई अन्त्य गर्नको लागि सहमति अनुसार आयोगको समेत घोषणा भइसकेको बताए ।‘देशमा भइरहेको सुन तस्करीको घटनामा सीआईबीले छानबिन गरेर एउटा हदसम्म सफल बनाएर अदालतमा पु¥याइसकेको छ । बाँकी अनुसन्धानलाई पनि खुला राखेर छानबिन भइरहेको छ ।यस्ता खालका तस्करीका घटना पटक पटक किन दोहोरि रहेका छन् ।भन्नको निम्ति सहमतिअनुसार नीति निर्माण र संचरनाका कारेमा यसअघि भएका छानविनमाथि पनि अध्ययन गरेर थप अनुसन्धानको आवश्यकता भए कारबाहीको सिफारिस गर्न आयोग पनि घोषणा गरिसकिएको छ ।’ हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृह मन्त्री श्रेष्ठले बताए ।उनले सरकारले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणका दोषीलाई पनि कारबाहीको प्रक्रिया अघि बढाएको जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech