लालबन्दीका विभिन्न स्थानका नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन,अधिकांश मापदण्ड विपरित

एसपि गौरव    प्रकाशित: २०८०-६-२४ गते   ४७२ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको छ।मंगलबारबाट सुरु भएको अनुगमनमा लालबन्दी नगरपालिका १ का २३ वटाका साथै लालबन्दी नगरपालिका ६,७ र ८ का २१ वटा नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको लालबन्दी नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका जनस्वास्थ्य निरीक्षक रोशन चौधरीले जानकारी दिए ।

उनका अनुसार लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा मंगलबार गरिएको अनुगमनमा कुनै पनि कागजात नरहेका सर्लाही हेल्थ केयर सेन्टर प्रा.लि,रक्षा हेल्थ केयर सेन्टर प्रा.लि,ओमनिका हेल्थ केयर सेन्टर प्रा.लि र संजय कुमार औषधालयलाई सिल गरिएको छ भने बुधबारको अनुगमनमा ओम स्पेस्यालिष्ट हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लिको फार्मेसी र एक्सरे,लालबन्दी सिटी केयर अस्पताल प्रा.लिको ओ.पि.डि बाहेक सबै,मन्जु मेडिकल हल,रवी डेन्टल क्लिनिक,एभरेष्ट डेन्टल क्लिनिक,गाउँ मैत्री अस्पताल प्रा.लिको युएसजी,एक्सरे र फार्मेसी,रिजन आर्युवेदिक औषधालय,ओम होमियो क्लिनिक,गढीमाई अस्पताल प्रा.लिको फार्मेसी तथा युएसजी,एक्सरे र सर्लाही लाईफ लाईन अस्पताल प्रा.लिको ओ.पि.डि बाहेक अन्य सेवा बन्द गरिएको छ ।

नीजि स्वास्थ्य संस्थाहरुले चर्काे शुलक असुल्ने गरेका गुनासो आउनुका साथै अनुगमन गर्दा कुनै पनि कागजात नरहेका नीजि स्वास्थ्य संस्थाहरु र जुन जुन शाखाका कागजात छैनन् ती शाखाहरुलाई सिल गरिएको लालबन्दी नगरपालिकाको स्वासथ्य मुमताज मिक्रानीले जानकारी दिए ।उनका अनुसार लालबन्दी नगरपालिका १ का नवलपुर मोडेल अस्पताल प्रा.लि,गुन्जन मेडिकल हल,वि एण्ड आर अस्पताल प्रा.लि,स्माईल डेन्टल क्लिनिक,मनिषा हेल्थ केयर प्रा.लि,टेक्सास हेल्थ केयर प्रा.लि,लक्ष्मी एक्सरे र दिपक प्राथमिक उपचार केन्द्र अनुगमन आएको थाहा पाएपछि आफैँ बन्द गरेर भागेका छन् भने लालबन्दीको सुर्याेदय अस्पताल प्रा.लि लगायतका केही नीजि स्वास्थ्य संस्थाहरु आफैँ अस्पताल बन्द गरेर भागेका छन् ।

लालबन्दी नगरपालिका १ स्थित नवलपुरको भानु अन्जली अस्पताल प्रा.लि र गैर औषधालयका साथै लालबन्दी नगरपालिका ६,७ र ८ का लालबन्दी मोडेल अस्पताल प्रा.लि,यु स्माईल डेन्टर क्लिनिक,सत्यम आर्युवेदिक औषधालय,बम्जन फार्मेसी,कोमल फार्मेसी,लालबन्दी स्टार हस्पीटल प्रा.लि,ग्लोबल आँखा उपचार केन्द्र,सर्लाही डेन्टल क्लिनिक,आरोही डेन्टल क्लिनिक र रन्जना फार्मेसीको समेत अनुगमन गरिएको लालबन्दी नगरपालिकाकोे सामाजिक विकास समितिका संयोजक एवम लालबन्दी नगरपालिका ४ का सत्यनारायण चौधरीले जानकारी दिए ।

यता,अनुगमनको क्रममा सिल गरिएका नीजि स्वास्थ्य संस्थाहरुको सवालमा नगरकार्यापालिकामा प्रतिवेदन पेश गरिने र नगर कार्यापालिकाको निर्णय अनुसार खुल्ने की सधैँका लागि बन्द गर्ने भन्ने निर्णय हुने नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक मिक्रानीले बताए ।तर गत वर्ष पनि अनुगमन गर्दा नवलपुरका वि एण्ड आर अस्पताल प्रा.लि र संजय कुमार औषधालय लगायतका नीजि स्वास्थ्य संस्थाहरुको कुनै पनि कागजात नभएको भन्दै सिल गरिएको भएपनि पुन केही दिन मै खुलेर आफ्नो नियमित सेवा सञ्चालन गरि रहेका थिए ।भने मंगलबार अनुगमन गर्दा सिल गरिएका नवलपुरका सबै नीजि स्वास्थ्य संस्थाहरु आज निर्वाध रुपमा सञ्चालनमा आएका थिए भने लालबन्दीका नीजि स्वास्थ्य संस्थाहरु पनि सिल गरिएको हल्ला चलाइएको भएपनि केही समयपछि खुलेका पाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech