बरहथवा घटनाका सम्बन्धमा सम्वाद र सहकार्य गर्न एमाले मधेश प्रदेशकाे जाेड

168 Shares

सर्लाहीकाे बरहथवा घटनाकाे समाधानका लागि नेकपा (एमाले) मधेश प्रदेश कमिटिले सम्वाद र सहकार्य गरि समस्या समाधान गर्न आग्रह गरेकाे छ ।एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलले आज(आइतबार) विज्ञप्ती जारी गर्दै आपसी सम्वाद र सहकार्यबाट सम्बद्ध सबैपक्षले समस्या समाधानकाे पहलकदमी लिन अपिल गरेका छन् ।
विज्ञप्तीमा बरहथवा नगरपालिका ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रकाे सञ्चालन नगरपालिकाले वा प्रदेश सरकारले गर्ने विषयकाे विवाद बढ्दै जाँदा मानवीय र भाैतिक क्षति हुनु दुखद भएकाे विज्ञप्तीमा उल्लेख छ । नगर प्रमुख कल्पना कुमारी कटुवालले सर्वपक्षीय छलफलकाे आह्वान गर्दागर्दै साेकाे अवज्ञा हुँदा भाैतिक क्षतिसँगै बरहथवा नगरपालिका ६ का युवा व्यवसायी अन्दाजी वर्ष ३० का जयशंकर प्रसाद साहकाे निधन भएकाे अध्यक्ष मण्डलले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
छलफलले समाधान हुने कुरा रहेकाे भए पनि  बन्द,हड्ताल,जुलुस र भाैतिक आक्रमणमा नगर प्रमुख कटुवालकाे घर अगाडि राखिएकाे गाडी आन्दोलनकारीले ताेडफाेड र आगजनी गर्नुका साथै साेही क्रममा प्रहरीकाे गाेली लागेर साहकाे मृत्यु हुनु दुखद भएकाे विज्ञप्तीमा उल्लेख छ ।
''हाम्राे पार्टी सम्वाद र कानुनअनुसारकाे समाधान खाेजिनु पर्ने मान्यता राख्छ'' अध्यक्ष मण्डलले विज्ञप्तीबारे स्पष्ट पार्दै भने, "अहिले पनि हामी सम्बद्धपक्ष सबै सम्वादमा बसुन् भन्ने चाहान्छाै ।"  स्थानीय सरकार र प्रदेश सरकारबीच दायित्व र अधिकार क्षेत्रबारे कुनेै अड्चन आए सङ्घीय सरकारले चासाेपूर्वक समाधानकाे पहलकदमी लिनपर्ने एमाले मधेश प्रदेशकाे जाेड छ । 
बरहथवामा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन र सञ्चालन कसले गर्ने भन्ने विवादमा नगर प्रमुख कटुवालले आह्वान गरेको छलफल बहिष्कार गरेका काँग्रेससहितका दलका प्रतिनिधिहरुले आन्दोलन उग्र हुँदा नगर प्रमुख  कटुवालकाे घर अगाडि राखिएकाे दुईवटा सवारीसाधन प्रदर्शनकारीले जलाएका थिए । यसैगरी स्थानीय प्रशासनले बरहथवामा आज(आइतबार) फेरि कर्फ्यू घाेषणा गरेकाे छ ।

 

 

सम्बन्धित समाचार