बागमती १ का विभिन्न बस्तीमा पिउँने पानी पुर्याउन दुवै तर्फका जनप्रतिनिधिहरु विच सहमती

243 Shares

सर्लाहीको बागमती नगरपालिका १ का विभिन्न स्थानमा शुद्ध पिउने पानीको व्यावस्था गर्न बागमतीका जनप्रतिनिधिहरु र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका जनप्रतिनिधिहरु विच छलफल भएको छ ।बागमती नगरपालिका १ का विभिन्न स्थानमा लिफ्टिङ प्रणालीबाट पानी खुवाउन भन्दै बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा सहित बागमतीका जनप्रतिनिधिहरु र जिल्ला समन्वय समिति सिन्धुलीका सभापति कार्सङ लामा सहित हरिहरपुरगढी गाउँपालिकाका जनप्रतिनिधिहरु विच छलफल भएको बागमती नगरपालिका १ का वडा अध्यक्ष गम्भिर सिं पाख्रिनले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिकाका नगर प्रमुख थापा सहित बागमतीका जनप्रतिनिधिहरु र जिल्ला समन्वय समिति सिन्धुलीका सभापति लामा सहित हरिहरपुरगढी गाउँपालिकाका जनप्रतिनिधिहरु विच भएको छलफलमा एक हप्ता भित्रै व्यवस्थित रुपमा बागमती नगरपालिका १ बासीलाई पानी खुवाउने सहमति भएको छ ।केही दिन पहिला बागमती नगरपालिकाका नगर प्रमुख थापा सहितका जनप्रतिनिधिहरुले स्थलगत अवलोकन गरेपछि दुवै तर्फका जनप्रतिनिधिहरु विच सिन्धुलीको पानी सर्लाहीको बागमती नगरपालिका १ बासीलाई खुवाउने सहमती भएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले जानकारी दिए ।
उनका अनुसार सर्लाहीको बागमती नगरपालिकाको दुर्गम र अग्लो स्थान बागमती नगरपालिका १ बासीलाई पानीको मुहान लिफ्टिङ ट्यांकी लगायतको स्थानको स्थलगत अनुगमन पछि सिन्धुलीको पानी दिने सहमती भएको हो । बागमती नगरपालिका १ स्थित चुरे क्षेत्रको दाप डाँडा,वाईवा डाँडा,स्याङतान टोला,घिसिङ टोला लगायत करिब आधा दर्जन दुर्गम गाउँमा खानेपानीको समस्या हुँदै आएको र त्यसका लागि वैकल्पीक व्यावस्था स्वरुप पानी ट्यांकी खरिद गरेर उक्त क्षेत्रका नागरिकलाई शुद्ध पिउँने पानीको व्यावस्था गरिएको बागमती नगरपालिकाका नगर प्रमुख थापाले जानकारी दिए ।
पहिलो पटक आफु नगर प्रमुख निर्वाचित भएलगतै कार्यपालिकाले सवारी सुविधाको लागि छुट्याएको बजेटबाट पानीको ट्यांकर खरिद गराएर तत्काल वैकल्पीक व्यावस्था स्वरुप पानी ट्यांकी खरिद गरेर उक्त क्षेत्रका नागरिकलाई शुद्ध पिउँने पानीको व्यावस्था गरिएको भएपनि त्यो दिर्घकालीन नभएकाले पानीको मुहानको खोजी भएको र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका क्षेत्रको पानीको मुहान प्रयोग गरेर बागमती नगरपालिका १ बासीलाई पिउने पानीको व्यावस्था गर्ने विषयमा छलफल भई सहमती भएको बागमती नगरपालिकाका नगर प्रमुख थापाले जानकारी दिए ।
सिन्धुलीको हरिहरपुरगडी गाउँपालिका ६ स्थित सानो कौवाबाट आठ सय मिटर तल रहेको धारा खोल्सीको पानी सानो कौँवा ल्याउने र बागमती नगरपालिका १ बासीलाई पिउने पानीको व्यावस्थापन गर्ने विषयमा दुवै तर्फका जनप्रतनिधिहरु सहमत भएका हरिहरपुरगढी गाउँपालिका ६ का वडा अध्यक्ष यक बहादुर मोक्तानले बताए ।यसअघि,सोलार प्रविधिको प्रयोग गरेर सानो कौँवामा निर्माण भएको एक लाख लिटरको रिर्जभ ट्यांकीमा पानी जम्मा गरेर बागमती नगरपालिका १ का दाप डाँडा,वाईवा डाँडा,स्याङतान टोला,घिसिङ टोलामा केही समय पानी वितरण हुँदै आएको बागमती नगरपालिकाकी नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताइन् ।
उनका अनुसार सोलार सिस्टमले नियमित काम नगरेपछि योजना सफल नभएपछि नगर प्रमुख थापा सहित बागमती नगरपालिकाका जनप्रतिनिधिहरुका साथै सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका जनप्रतिनिधिहरु बागमती नगरपालिका १ का दाप डाँडा,वाईवा डाँडा,स्याङतान टोला,घिसिङ टोला लगायतका बस्तीमा दिर्घकालीन रुपमा पानीको व्यावस्था गर्न लागि परेका हुन् ।
उक्त स्थानमा अहिले बिद्युत सेवा पुगेकोले मेसिन राखेर फेरी पानी लिफ्टिङ गरेर नागरिकहरुलाई शुद्ध पिउँने पानीको सुविधा पुर्याउन सकिने नगर प्रमुख थापाले बताए ।जसबाट बागमती नगरपालिका १ का दाप डाँडा,वाईवा डाँडा,स्याङतान टोला,घिसिङ टोला लगायत बस्तीका करिब ७० प्रतिशत घरधुरी लाभान्वित हुने बागमती नगरपालिका १ का वडा अध्यक्ष पाख्रिनले बताए।आफुहरुलाई खानेपानी र सडक सुविधाको लागि नगर प्रमुख थापा,नगर उप प्रमुख मोक्तान,वडाध्यक्ष पाख्रिन लगायत जनप्रतिनिधिहरुले ठुलो भुमिका निर्वाह गरेका स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार