कार्यपालिका बैठक बस्ने निवेदन तोक लगाएर भागेका गाउँपालिका अध्यक्ष महतो सर्वाेच्च पुगे

136 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकाकी उपा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले गाउँ सभा गर्न गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसंग माग गरेका छन् ।

गाउँपालिका उपा अध्यक्ष गीतादेवी महतो सहित पाँच जना वडा अध्यक्षहरु र बहुमत कार्यपालिका सदस्यहरुले चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङसंग गाउँ सभा गर्न मिति तोक्न बैठक बोलाउन माग गरेका हुन । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिना बिति सक्दा पनि गाउँ सभा नहुँदा चन्द्रनगर गाउँपालिकाको चालु आर्थिक वर्षको बार्षिक बजेट,नीति तथा कार्यक्रम बन्न सकेको छैन् ।

सात वटा वडा रहेको चन्द्रनगर गाउँपालिकामा १५ जना कार्यपालिका सदस्यहरु मध्य १२ जना कार्यपालिका सदस्यहरु र ३९ जना गाउँ सभा सदस्यहरु मध्य २९ जना गाउँ सभा सदस्यहरु गाउँपालिका उपा अध्यक्ष गीतादेवीको पक्षमा रहेका छन्,भने चन्द्रनगर गाउँपालिका १ र २ का वडा अध्यक्षहरु सहित गरी तीन जना कार्यपालिका सदस्यहरु र १० जना गाउँ सभा सदस्यहरु सहित गाउँपालिका अध्यक्ष महतोको पक्षमा रहेका छन् । “अहिले सम्म गाउँ समा नभएकोले अविलम्ब कार्यपालिकाको बैठक बोलाई गाउँ सभाको मिति तोक्नको लागि हामी कार्यपालिकाको बहुमत सदस्यहरूको जोरदार माग रहेकोले यो निवेदन गाउँ पालिका अध्यक्ष समक्ष देश गर्दछौँ।”फागुन ८ गते उपा अध्यक्ष गीतादेवी सहित बहुमत गाउँकार्यपालिका र गाउँ सभा सदस्यहरुले पेश गरेको निवेदनमा उल्लेख गरिएको छ ।

किन भएन सात महिना बित्दा पनि गाउँ सभा ? गाउँपालिकाका अध्यक्ष महतोले गाउँपालिकालाई गैर सरकारी संस्था जसरी चलाएर चरम भ्रष्टाचार गरेका कारण आफुहरुले अघिल्लो आर्थिक वर्षको हिसाब किताब स्पष्ट रुपमा सार्वजनिक नगर्दा सम्म गाउँ सभा हुन नदिने अडान लिएको भएपनि गाउँपालिका अध्यक्ष महतो हिसाब किताब सार्वजनिक गर्नुको सट्टा भागि भागि हिडेका कारण चालु आर्थिक वर्षको सात महिना वितिसक्दा पनि गाउँ सभा हुन नसकेको गाउँपालिका उपा अध्यक्ष गीतादेवीले बताईन् ।

“गाउँपालिका अध्यक्ष महतोले बसेर सबै खर्चको हिसाब सार्वजनिक गर्नु पर्ने आफुहरुको पहलिो माग रहेको र अरु आफुहरुका माग छाडेर यही माग मात्रै राख्दा पनि गाउापालिका अध्यक्ष हिसाब किताब सार्वजनिक गर्नुको सट्टा भागि भागि हिडेका कारण चालु आर्थिक वर्षको सात महिना वितिसक्दा पनि गाउँ सभा हुन सकेन,जसका कारण गाउँपालिकाको विकास निर्माणका सबै काम प्रभावित हुनुका साथै सामाजिक सुरक्षा भक्ता लिने लाभग्राहीहरु र मासिक तलब भक्ता खाने कर्माचारीहरु प्रत्यक्ष मारमा परेका छन् ।”गाउँपालिका उपा अध्यक्ष गीतादेवीले बताईन् । उनी आफैँ बसेर सार्वजनिक रुपमा चन्द्रनगर गाउँपालिकाका जनतालाई हिसाब बुझाउनु पर्ने आफुहरुको माग रहेको र अनौपचारीक रुपमा भएको छलफलमा गाउँपालिका अध्यक्ष महतो तयार भएपनि कार्यपालिकाको बैठक बस्ने समयमा गाउँपालिका अध्यक्ष महतो गाउँपालिका नै नजाने गरेका कारण समस्या झन विकराल बन्दै गएको चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सिताराम महतोले बताए ।

“गाउँपालिका अध्यक्ष महतोले चन्द्रनगर गाउँपालिकाबासीको विचमा चित्त बुझ्दो जवाफ दिनु पर्नेमा भागि भागि हिडेर चन्द्रनगर गाउँपालिकालाई अनिर्णयको बन्दी बनाएका कारण बहुमत कार्यपालिका सदस्यहरुले गाउँ सभा गर्ने प्रयास गरेको”चन्द्रनगर गाउँपालिका ७ का वडा अध्यक्ष दिपेन्द्र कुमार सिंहले बताए । “गाउँपालिका अध्यक्ष महतोले गरेको बजेट खर्चमा अनियमतिता नभएको भए उनी किन हिसाब सार्वजनिक गर्न तयार छैनन् ? की अनियमितता गरेरका कारण हिसाब सार्वजनिक गर्न समस्या भएको हो भने सो कुरापनि सार्वजनिक रुपमा भन्नु पर्छ ।

”चन्द्रनगर गाउँपालिका ७ का वडा अध्यक्ष सिंहले बताए । चन्द्रनगर गाउँपालिकाको अध्यक्ष भएरमहतो आएदेखिने कर्मचारीलाई अनावश्यक दुःख दिने,स्थायी कर्मचारीलाई गाउँपालिकाका शाखाबाट हटाएर वडामा पठाउने र गाउँपालिकाको शाखाहरुमा करारका कर्मचारीहरु राख्ने,अन्य जनप्रतिनिधिहरुलाई खाली पानामा हस्ताक्षर गराएर बैठकको निर्णय पछि आफैँले लेख्ने लगायतका गतिविधिहरु गर्नुले गाउँपालिका अध्यक्ष महतो चरम भ्रष्टाचारमा लागेका पाइएपछि आफुहरुले सो गतिविधिहरुको विरोध गर्दा उनी झन पन्छिन पाएका चन्द्रनगर गाउँपालिका ६ का वडा अध्यक्ष राम स्वरुप कुर्मीले बताए । गाउँपालिकाको विकास गर्न भन्दै संघिय तथा प्रदेश सरकारबाट आएको रकम कुनै व्यक्तिले व्यक्तिगत रुपमा अनियमितता गर्दा विरोध गरेको भएपनि गाउँपालिका अध्यक्ष महतो अरु जनप्रतिनिधिहरुले गाउँ सभा गर्न नदिएको भन्दै भ्रम फैलाउँदै हिडेका चन्द्रनगर गाउँपालिका ६ का वडा अध्यक्ष कुर्मीले बताए ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो चरम भ्रष्टाचारमा लिप्त हुँदा कार्यालयको कामकाज पूर्ण रुपमा ठप्प भएको भन्दै स्थानीय सामाजिक सुरक्षा भक्ता लिने लाभग्राहीहरुले गाउँपालिका कार्यालय अगाडि धर्ना समेत दिएका थिए भने तलब खान नपाएको भन्दै शिक्षक तथा कर्माचारीहरुले समेत आन्दोलन गरेका थिए । आगामि आर्थिक वर्षको वार्षिक वजेट,नीति तथा कार्यक्रम असार १० गते नै ल्याउनुपर्ने प्रावधान रहेको भएपनि चन्द्रनगरले सात महिना विक्ति सक्दापनि चालु आर्थिक वर्षको वार्षिक वजेट,नीति तथा कार्यक्रम ल्यान नसक्दा विकास निर्माणको काम ठप्प छ भने सात महिनादेखि कर्मचारीहरुले तलब पाउन सकेका छैनन् ।

त्यसैगरी,उपा अध्यक्ष गीतादेवी सहित बहुमत कार्यपालिका सदस्यहरुले गाउँ सभा गर्न बैठक बोलाउन भन्दै गाउँपालिका अध्यक्ष महतो र प्रमुख प्रशासकीय अधिकृत थिङ्संग आग्रह गरी निवेदन दिएर तोक लगाएर सम्पर्क विहिन भएका गाउँपालिका अध्यक्ष महतोले सर्वाेच्च अदालतमा उत्प्रेषण सम्बन्धी मुद्धा दायर गरेका पाइएको छ ।अनौपचारीक टलफलमा गाउँकार्यपालिका बैठक बोलाउन तयार भएका गाउँपालिका अध्यक्ष महतो खुसुक्क भागेर गएर आफुहरुले निवेदन दिएको तीन दिनपछि उत्प्रेषण सम्बन्धी मुद्धा दायर गरेका चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सितारामले बताए ।

उनले आफैले तोक लगाएको निवेदनका विरुद्ध तीनदिनपछि गाउँपालिका उपा अध्यक्ष गीतादेवी सहित २९ जनालाई विपक्षी बनाएर उत्प्रेषण सम्बन्धी मुद्धा दायर गरेका पाइएको छ । उनी अहिले पनि गाउँपालिका गएका छैनन् ।

के छ नीतिगत कुरा ?

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भाग १ परिच्छेद ३ को दफा १६ को उपदफा ४ को १ (क)ले गाउँपालिका अध्यक्ष तथा नगर प्रमुखलाई दिएको अधिकार गाउँपालिका अध्यक्ष महतोले प्रयोग गरेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भाग १ परिच्छेद ३ को दफा १६ को उपदफा ४ को १ (क) को ३ मा वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गर्ने, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भाग १ परिच्छेद ३ को दफा १६ को उपदफा ४ को १ (क) को ४ मा सभाको अधिवेशन आव्हान र अन्त्य गर्ने र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भाग १ परिच्छेद ३ को दफा १६ को उपदफा ४ को १ (क)को १२ मा सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुस्थित हुनु परेमा उपा अध्यक्ष एवम उप प्रमुखलाई कार्यभार दिने भन्ने अधिकार गाउँपालिका अध्यक्षलाई रहेको उल्लेख छ तर चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो विगत लामो समयदेखि गाउँपालिका भन्दा बाहिर हुँदा समेत उपा अध्यक्ष गीतादेवीलाई कुनै अधिकारी दिएका छैनन् ।

समस्या कहाँ छ ? शिक्षा,स्वास्थ्य,कृषि,पशु र भौतिक पूर्वाधारमा सुधारका लागि गाउँपालिका अध्यक्ष महतोलाई पटक–पटक मौखिक तथा लिखित आग्रह गर्दा पनि उनी गाउँपालिकाबासीको चाहना विपरित विभिन्न सञ्चार माध्याममा गएर झुठो प्रचार प्रसार गरेको र आर्थिक वर्ष २०७९/०८० को आय÷ व्यय प्रत्येक शाखाको छुटा छुटै बैंक स्टेटमेन्ट गाउँ कार्यपालिकाको करिब चार तिहाई कार्यपालिका सदस्यहरुले माग गर्दा पनि हाल सम्म आलटाल गरेका,गाउँपालिकाको २०७९ श्रावण १ गते देखी २०८० आसार ३१ गते सम्मको आंशिक आय÷व्यय दिदा त्यसमा प्रत्येक एउटा शिर्षकमा तीन,चार ठाउँमा हिसाब देखाइएको,इन्धनमा ठूलो रकम देखाएएको तर १ जना पनि जनप्रतिनिधीहरुले इन्धन र सरकारी सवारी साधन नलिएको र भ्रमण नै नगरेको ठाउँमा २ पटक भ्रमाण र अन्य भ्रमण शिर्षक राखी ठूलो रकम देखाएको लगायतका कारण गाउँ सभा हुन नसकेको गाउँपालिकाकी उपा अध्यक्ष गिता देवीले बताईन् ।

गाउँपालिकाको भौतिक तथा गाउँपालिकाबासीका दैनिकीसंग जोडिएका विषयहरुमा गाउँपालिकाको रकम खर्च नगरी गाउँपालिका अध्यक्ष महतोले अन्य व्यानरका कार्यक्रमहरुमा ठुलो रकम खर्च गरेका, औषधी खरीदमा ठुलो रकम लगानी गरिएको देखिएपनि गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा सामान्य औषधी समेत छैन् ।आर्थिक अनियमितता गरेका गाउापालिका अध्यक्ष महतोले गाउँ घरमा गएर अनावश्यक भ्रामक प्रचार बाजी गरेछन् ।

३ जना कार्यपालिका सदस्य र १० जना गाउँ सभाका सदस्यहरुको साथमा रहेका गाउँपालिका अध्यक्ष महतोले बहुमतलाई वेवास्था गर्दै आफुखुसी निर्णयहरु गर्दै भ्रष्टाचार गर्ने र आफुखुसी निर्णय गर्न नपाए कार्यक्रमहरु गर्न नदिने र त्यसको आरोप चाहि गाउँपालिका उपा अध्यक्ष गीतादेवी लगायतका बहुमत जनप्रतिनिधिहरुलाई लगाउने गरेका छन् । आफुहरुले रहरले नभई बाध्य भएर गाउँपालिका अध्यक्ष महतोको विपक्षमा बोल्नु परेको चन्द्रनगर गाउँपालिकाका वडा अध्यक्षहरुले बताएका छन् । चालु आर्थिक वर्षको वार्षिक बजेट, नीति तथा कार्यक्रमहरु असार १० गते नै गाउँसभा गरेर ल्याउनुपर्नेमा अध्यक्ष महतोले गाउँपालिकालाई कब्जा गरी आफ्नो स्वार्थ शिद्ध नहुँदा सम्म गाउँ सभा हुन नदिएका उपा अध्यक्ष गीतादेवीले बताईन् ।उनका अनुसार गाउँपालिका अध्यक्ष महतोले आफुहरु बहुमतमा रहेको भएपनि कुनै सल्लाह नगरी आफुखुसी काम गर्ने गरेका कारण विरोध गर्नु परेको हो ।

गाउँ सभा नहुँदा गाउँपालिकाका सबै कर्माचारीहरु एवम शिक्षकहरुले तलब भत्ता खान नपाएका, सामाजिक सुरक्षा भत्ता लिन नपाएका, उपभोक्ताहरुको करिब ६ करोड भुक्तानी गर्न बाँकी रहेको साथै गाउँपालिकाको सबै विकास निर्माणका कामहरु ठप्प भएको अवस्थामा आफुहरुले पटक पटक गाउँ सभा गर्न आग्रह गरेको भएपनि गाउँपालिका अध्यक्ष महतोले अनाकानी गरि रहेका छन् । गाउँ सभा गर्न उपा अध्यक्ष गीतादेवी सहित बहुमत जनप्रतिनिधिहरुले चार पटक निवेदन दर्ता गराएको भएपनि अध्यक्ष महतोले गाउँपालिकालाई बन्धी बनाएका छन् ।

जसका कारण चालु आर्थिक वर्षको सात महिना बिति सक्दा पनि गाउँ सभा हुन नसकेको साथै बहुमत गाउँपालिका सदस्यहरुले आर्थिक वर्ष २०७९/०८० को हिसाब माग्दा असार २७ गते दिने बताएका गाउँपालिका अध्यक्ष महतोले हाल सम्म पनि हर हिसाब नदिएका, गाउँपालिका भित्रका विकास निर्माणका कामको कार्यदेश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले दिनु पर्ने प्रावधान भएपनि गाउँपालिका अध्यक्षले आफुले दिनुपर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई पनि दवाव दिएका, आर्थिक वर्ष २०७९/०८० को गाउँ सभा गर्न सहजता प्रदान गरी दिँदा गाउँपालिका अध्यक्ष महतोले आसेपासे,नातागोता र घरपरिवारको विकासमा लागेका कारण त्यो हर हिसाब राम्रोसंग जनताको माझमा प्रस्तुत गर्न आग्रह गरेको उपा अध्यक्ष गीतादेवीले बताईन् ।

आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा कुन योजनाका लागि कति रकम छ ? भन्ने कुरा गाउँपालिका उपाअध्यक्ष गीतादेवी सहित कुनैपनि वडा अध्यक्षहरुलाई जानकारी नै नगराई आफुखुसी गरेका, आर्थिक वर्ष २०७९/०८० को गाउँपालिकाको वार्षिक बजेट, नीति तथा योजना समेटिएको पुस्तक हाल सम्म पनि प्रकाशन नगरिएको,वडा अध्यक्षहरुको अधिकार हनन् गर्न लागि परेका,संघिय कानुनसंग बाँझिने गरी ऐन नियमावाली कार्यविधि तथा संघिय सरकारले विकास निर्माणको काम गर्दा गाउँपालिका अध्यक्ष महतोसंग पुर्व स्विकृत लिनु पर्ने बाध्यकारी नियम समेत बनाए,गाउँपालिकामाकर्माचारीहरु हुँदा हुँदै आसेपासेलाई पोस्न करारका कर्माचारीलाई योजना शाखाको जिम्मा दिएका, गाउँपालिका अध्यक्ष महतोले आफ्नो स्वमीत्वमा राखेको रकम कुन कुन शिर्षकमा खर्च गरे भन्ने हर हिसाब देखाउन नसकेका तर आफुलाई अनावश्यक आरोपहरु लगाएका,गाउँपालिका अध्यक्ष महतोले आफ्नो स्वामीत्वमा राखेको करोडौँ बजेटबाट शिक्षा,स्वास्थ्य,कृषि एवम नगरिकहरुका प्रत्यक्ष सरोकारका कामहरुमा कहाँ खर्च गरे ? भन्दै चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सितारामले प्रश्न गरे ।यता,सो विषयमा बुझ्न गाउँपालिका अध्यक्ष महतोलाई फोन गर्दा सम्पर्क हुन सकेन् ।

सम्बन्धित समाचार