सर्लाहीको लालबन्दीका ५३ जना महिला तथा पुरुषलाई व्यावसायिक गोलभेंडा केचब (सस) बनाउने तालिम दिइएको छ।“गोलभेँडाको सहर लालबन्दी नगर”भन्दै पहिचान बनाएको लालबन्दी नगरपालिकाले १७ वटा वडाहरु मध्य ७ र १४ बाहेककाबाट गरी कुल ५३ जना महिला तथा पुरुषलाई व्यावसायिक गोलभेंडा केचब (सस) बनाउने तालिम दिइएको लालबन्दी नगरपालिकाको उद्यम विकास शाखाका समिर सुवेदीले जानकारी दिए ।
उनका अनुसार दुई चरणमा गरेर ५३ जनालाई घरेलु तथा साना उद्योग विकास समितिका पूर्व उपनिर्देशक रामबहादुर श्रेष्ठले तालिम प्रदान गरेका हुन्।लालबन्दीमा उत्पादन भएको गोलभेँडा र टमाटर देशका मुख्य सहरहरुमा पुग्ने गरेको भएपनि स्थानीयलाई रोजगारी सृजना गर्न स्थानीय स्तरमा उत्पादन भएको गोलभेँडा र टमाटरबाट केचब (सस) बनाउन तालिम प्रदान गरिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले जानकारी दिए ।