सर्लाहीमा अवैध गाईगोरु तस्करीःप्रहरी प्रशासन रमिते

57 Shares

सर्लाहीका विभिन्न स्थानहरुबाट अवैध तरीकाले गाइगोरु तस्करी हुने गरेको पाइएको छ ।जिल्लाको बरहथवा,बयलबास र नवलपुर लगायतका क्षेत्रका विभिन्न स्थानबाट गाईगोरुकोे अवैध तस्करीले तस्करी तथा व्यापार हुने गरेको पाइएको हो ।तस्करहरुले सर्लाही सहित,सिन्धुली,रामेछाप,दोलखा,ओखलढुंगा र खोटाङलगायतका जिल्लाका ग्रामीण वस्तीबाट ल्याईएका बुढा देखि कलिला गाई गोरु सर्लाहीलाई ट्रान्जिट प्वाईन्ट बनाएर भारतीय बजारमा पु¥याउने गरेको पाइएको छ ।
अवैध गाईगोरु तस्करी जिल्लाको मुख्य समस्या नै हो।जिल्लाका सुरक्षा संयन्त्रले यस समस्याको बारे जानकारी लिएपनि नियन्त्रणमा कुनै चासो नदेखाएको नागरिक समाजको भनाई छ ।दैनिक रातको समयमा पुर्व पश्चीम लोकमार्ग हुदै अवैध गाईगोरु भारत तथा बंगलादेश सम्म पुग्ने गरेको पाइएको छ ।
जिल्ला हुदै दिनहुँ प्रहरी कै अगाडिबाट भारत तर्फ गाईगोरु तस्करी भइरहेपनि उनीहरु मुकदर्शक बनेको स्थानियले आरोप छ।“ग्रामिण भेगबाट गाईगोरु गाडीका गाडी ओसारपसार हुन्छ।प्रहरीले पनि केहि गर्दैन,गाईगोरुको तस्करी रोकिएको छैन।छेकवाले गाउँगाउँमा पुगि प्रयोगमा नआएका गाईगोरु दुइ हजार देखि पाँच हजार मुल्यमा खरिद गर्ने गरेको छन् । ” एक स्थानीयले बताए ।
खरिद गरेको गाईगोरु सर्लाहीका विभिन्न स्थानहरुमा रहेका विभिन्न प्रहरी चेक पोष्ट हुदै जिल्लाकै सिमा तथा महोत्तरी र पुर्व काँकडभित्ता हुँदै भारत तथा बंगलादेश पु¥याउने गरेका पाइएको हो ।भारत तथा वंगलादेशमा उक्त गाईगोरु रु ५० देखि ६० हजार सम्म विक्री हुने गरेको एक व्यापारीले बताए।सर्लाहीबाट दिनहूँजसो गाईगोरु ओसार पसार हुने गरेको स्थानीय व्यवसायीले  स्वीकार गरे ।विभिन्न ग्रामीण क्षेत्रबाट बिनारोकतोक ट्रकमा राखी दर्जनौं गाईगोरु निकासी हुने गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।गलत प्रयोजनका लागि लगे पनि उनीहरुले कागजात भने दुरुस्त बनाउने गरेको भेटिएको छ ।
जिल्लाका विभिन्न स्थानमा गाई तथा गोरु संकलन गरी काँकडभित्ता सम्मका लागि कागपत्र बनाएर लैजाने गरेको सो काममा खटिएका व्यवसायी बताउँछन् ।गोरुका लागि पैसा तिरे पनि गाउँलेले गाई सित्तैमा भिडाइदिने गरेको उनीहरुको भनाई छ ।जोत्ने बहानामा लगे पनि गाईगोरु कहाँ पु¥याइन्छ भन्ने बारे व्यवसायीसँग प्रष्ट जवाफ छैन ।
वार्षिक रुपमा लाखौँको संख्यामा गाई तथा गोरु तस्करी हुँदै आएकोे भएपनि सरोकारवाला निकास कमिसनको खेलमा लागेर मस्त सुतेको केही स्थानीय बताउँछन् ।रातिको समयमा जिल्लाका विभिन्न स्थानबाट गाईगोरु तस्करी हुने गरेको छ ।यस्ता गाईगोरु भारत र त्यहाँबाट बंगलादेश सम्म पु¥याउने गरिएको पाइएको छ ।
नेपालमा बुढा भएका गाइगोरु बिक्री गर्न पाइँदैन,तर तस्करहरुले प्रशासनको आँखा छलेर यस्ता गाईगोरु संकलन गरी मासुका लागि भारत र बंगलादेशका बजारमा पु¥याउने गरेको पाइएको छ ।तस्करी नियन्त्रण गर्न प्रशासनले चासो नदेखाएको स्थानियले आरोप लगायका छन् । पूर्वी नेपालबाट गाईगोरु भारततिर लैजाँदा दुईवटा मुलुकमा सहजै बिक्री गर्ने सकिने भएकाले तस्करी गर्नेहरूले पूर्वी नेपालका दक्षिणी नाका रोज्ने गरेका पाइएको छ ।
के छ कानुनी व्यवस्था ?
नेपालमा गोवध प्रतिबन्धित छ।मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद–२७ मा पशुपक्षीसम्बन्धी कसुरबारे उल्लेख छ।उक्त संहिताको दफा २८९ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन ।त्यस्तो काम कारबाहीबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ।गाई वा गोरुलाई कुटेर अंगभंग पार्ने व्यक्तिलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।उक्त कानुनले पशुपक्षीलाई कुटी,हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामथ्र्य भन्दा बढी दौडाइ वा रोग,घाउ,खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रूर व्यवहार गर्न दिँदैन । त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा रु पाँच हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
चौपाया ओसारपसारसम्बन्धी के व्यवस्था छ ?
पशु ढुवानी मापदण्ड,२०६४ ले चौपाया ढुवानी गर्दा के गर्नुहुन्छ के गर्नुहुँदैन त्यो उललेख गरेको छ ।ढुवानी गर्दा पशुलाई कुनै किसिमको पीडा हुनु नहुने र हुने अवस्था सिर्जना हुन गएमा पशुप्रति असावधानी व्यवहार भएको ठहरिने व्यवस्था उक्त मापदण्डले गरेको छ । मापदण्डले ढुवानी गर्दा पशुलाई गाडीमा अस्वाभाविक रूपमा शरीर,नाकेडोरी,पुच्छर वा खुट्टा बाध्न नहुने तथा कोचेर राख्न नहुने स्पष्ट रूपमा खुलाइएको छ । आन्तरिक ओसारपसार गरिने पशुको स्वास्थ्य जाँचको प्रमाणपत्र हुनुपर्ने,आकस्मिक उपचारको लागि प्राथमिक उपचार सामग्री ढुवानी साधनमा रहनुपर्ने,प्रत्येक गाडीमा पशु पठाउने र पाउनेको नाम,ठेगाना,पशुको जात तथा संख्याको विवरण प्रष्ट देखिने गरी टाँसिएको हुनुपर्ने,पशु लोड गरिएको गाडीको विवरण र गन्तव्य स्थानमा पुग्ने समय,पशु पाउने पक्षलाई अग्रीम जानकारी गराउनुपर्ने व्यवस्था छ साथै पशु चौपायलाई आवश्यक पर्ने खानापानीको व्यावस्था गरेको हुनुपर्ने छ,तर गाडीमा चौपायालाई निर्दयी तरिकाले ल्याइने गरिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार