Close This

नेपाली जनता देश वेचुवाहरुलाई खोज्दै छः जसपाका नेता महतो

पत्र पत्रिका    प्रकाशित: २०७७-२-३१ गते   ३७७ पटक हेरिएको

जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले नेपाली जनता देश वेचुवाहरुलाई खोजि गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको वैठकमा नेता महतोले मधेशीमाथि राष्ट्रभक्त नरहेको आरोप लगाउँनेहरु तिर इंकित गर्दै कलापानी, लिपुलेक र लिम्पियाधुरा ५८ बर्ष पहिला नेपालकै रहेको बताउँदै उनले केहि दिन यता कसले नेपालको नक्सावाट ती भूभागलाई कटाए त्यसलाई टुडिखेलमा झुण्डयाउनु पर्ने माग गरेका थिए ।

आजको प्रतिनिधिसभाको वैठकमा नयाँ नेपालको नक्सालाई पास गर्न संसोधन विधेयक पेश गरिएको र त्यसमा प्रतिनिधिसभाका सदस्यहरुले धारणा राख्ने क्रममा नेता महोले भने–‘कुन देश वेचुवाले देश बेचे, टुडिखेलमा झुण्डियाउनु पर्दैन्, स्वेतपत्र खोइ किन सार्वजनिक गरिएन्, देशवेचुवाहरुको ढाकछोप गर्ने ।’

महाकाली सन्धी यसै सदनवाट भएको भन्दै नेता महतोले महाकाली नदीको किनारा सम्म पता लगाउन नसक्ने र त्यसलाई सदनवाट पास गर्ने ? राष्ट्रघातीकामहरुको पहिचान हुनु पर्ने माग गरेका थिए ।
मधेश क्षेत्रको सीमामा नेपाली सेना बस्नु पर्दैन त्यहा मधेशी जनता उभेको बताउँदै नेता महतोले मधेशी जनता सीमा सुरक्षा गरेको र गरि रहने बताएका थिए ।

तराई, पहाड र हिमालका जनता आफ्नो देश प्रति सजगछ, समर्पितछ, सम्वेदनशिल छ उनले भने–‘आग्रह उपआग्रहको कुरा सुनीन्छ, राष्ट्रियताको सवालमा पनि एकलौटी रे, मधेशीले पनि राष्ट्रियताको कुरा गर्छ र ? भन्नेहरुलाई कडा जवाफ दिँदै नेता महोले भने–‘राष्ट्रियता कसैको एकलौटी होइन् ।
मधेशवादी दलहरुले संविधान संसोधनका प्रस्ताव आजको वैठकमा भने समेटिन सकेको छैन् ।

जनता समाजवादी पार्टी नेपालले नेपालको नक्सा पास गराउन आज बोलाइएको प्रतिनिधिसभाकै वैठकमा संविधान संसोधनको प्रस्ताव ल्याउन माग गरे पनि त्यो आज गरिएको छैन् । खोक्रो राष्ट्रिवादको नारा दिएर मधेशी, आदिवासी, जनजाति, पिछडीएका वर्ग, दलितहरुलाई संविधानवाट बाहिर राखिएको नेता महतोले आरोप लगाएका थिए ।

उनले भने–‘संविधान संसोधनकोलागि सयौं जना ज्यान गुमाएका छन्, बलिदानी दिएका छन्, त्यो पनि राष्ट्रियता हो, त्यो पनि नेपाली जनताको राष्ट्रियता हो ।’

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech