सर्लाहीमा अनियमित विद्युत कटौती,गर्मीमा सर्वसाधारण मारमा

412 Shares

अत्याधिक गर्मीको मारमा परेका सर्लाहीबासीलाई विभिन्न वाहनामा काटिने विद्युत सेवाले झन मारमा पारेको छ।चर्काे घामसंगै बढेको गर्मीको मारमा परेका जिल्लाबासीलाई विभिन्न वाहनामा हुने विद्युत अवरुद्धले झन समस्या पारेको हो ।
केही दिनदेखि दिनभर एकटंकारले टन्टलापुर घाम लागेर अत्याधिक गर्मी भई जनजीवन अस्तव्यस्त भइरहेका बेला जिल्लाभर विद्युत् अनियमित कटौटी हुँदा पंखा नचलाइ बस्नै नसक्ने गरी हपक्क गर्मी बढि रहेको भएपनि जिल्लाको लालबन्दी,मलंगवा र बरहथवामा रहेका विद्युत प्राधिकरण वितरण केन्द्रहरुले आफुखुसी विभिन्न वाहनामा लाईन काट्दा जिल्लाबासी निकै मारमा परेका छन् ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी,मलंगवा र बरहथवा गरी जिल्लाका तीनवटै वितरण केन्द्रहरुका क्षेत्रमा छिनछिनमा विद्युत कटौतीको समस्या देखिएको छ।अनियमित विद्युत् कटौतिले विद्यालय,अस्पताल,विभिन्न सरकारी कार्यालयहरुका साथै अतिआवश्यक क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् ।
गर्मीले असिन पसिन भएर बस्न बाध्य सर्वसाधारण बत्ती कट्ने बित्तिकै आत्तिने गरेका छन्।विद्युत् अनियमित कटौती हुँदा बिजुलीबाट हुने काम प्रभावित भएकोे छ।कार्यालय तथा कलकारखानाका काम प्रभावित भएका छन्,भने विद्युतसेवा सुचारु भएपनि भोल्टेज नआउने समस्या उस्तै छ ।
गत शुक्रबारदेखि नवलपुरस्थित विद्युत् सवस्टेशनको मुख्य ट्रान्सफर्मरको ब्रेकरमा समस्या आउँदा जिल्लाको विद्युत् झनै अनियमित बनेको छ।नवलपुर सवस्टेशनको समस्या समाधान भएपछि पनि अत्यधिक लोड बढेर बत्ती कट्ने समस्या देखिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख त्रिभुवन यादवले बताए ।उनका अनुसार चर्को गर्मीमा विद्युतीय उपकरणको धेरै नै प्रयोग हुने हुँदा यस्तो समस्या आउने गरेको हो,तर योविद्युत प्राधिकरणको वाहना मात्रै भएको सर्वसाधारणहरु बताउँछन् ।

सम्बन्धित समाचार