बागमती सेवा समाजको पहलमा प्रादेशिक अस्पतालमा पाठेघर खस्ने समस्याको अप्रेसन हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१५ गते   ११७ पटक हेरिएको

सर्लाहीको बागमतीमा रहेको गैर सरकारी संस्था बागमती सेवा समाजको पहलमा आड्रा नेपालको सहयोगमा जेष्ठ नागरिक र अति विपन्न महिलाहरुलाई सहयोग पुग्नेभएको छ । बागमती सेवा समाजको पहलमा आड्रा नेपालको सहयोगमा प्रादेशिक अस्पताल जनकपुरमा जेष्ठ तथा अति विपन्न महिलाहरुको पाठेघर(आङ झर्ने ) समस्याको समाधनका लागि अप्रेसन सेवा सुरु हुने भएको बागमती सेवा समाजका निरज भण्डारीले जानकारी दिनु भयो ।
उहाँका अनुसार आड्रा नेपालको सहयोगमा जेष्ठ नागरिक र अति विपन्न महिलाहरुलाई सहयोग पुर्याउने उद्धेश्यले आफुहरुले प्रादेशिक अस्पताल जनकपुरमा पाठेघर(आङ झर्ने ) समस्याको समेत अप्रेशन गर्ने सहमती भएको हो ।
अप्रेसनको व्यवस्था सहित लाग्ने सम्पुर्ण खर्च बागमती सेवा समाज र आड्रा नेपालले व्यावस्थापन गर्ने गरी आड्रा नेपालका डा.घनश्याम भट्ट र बागमती सेवा समाजका निरज भण्डारीको विशेष उपस्थितिमा प्रादेशिक अस्पताल जनकपुरका मे.सु.प्रमोद यादव र बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की बिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
। 
बागमती सेवा समाजको पहलमा आड्रा नेपालको संयुत्त पहलमा सुरु भएको कार्यक्रम सर्लाही,महोत्तरी ,उदयपुर र सुनसरीको लागि २ वर्षसम्म संचालनमा रहने बागमती सेवा समाजका भरत कुमार कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार प्रदेश नम्बर १को लागि प्रादेशिक अस्पताल कोशिमा यो कार्यक्रम संचालनमा भई सकेको छ । विभिन्न समयमा महत्वपुर्ण काम गर्दै आएको बागमती सेवा समाजले सामाजिक कार्यमा विशेष ध्यान पुर्याएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech