सिर्जनशिल युवा क्लबद्धारा हरिवन २ का ६२ जनालाई सारी वितरण

734 Shares

सर्लाहीको हरिवन नगरपालिका २ का ६२ जना महिलाहरुलाई सिर्जनशिल युवा क्लबले सारी वितरण गरेको छ।नेपालीहरुको महान छठ पर्वको अवसरमा हरिवन नगरपालिका  २ स्थित रहेको सिर्जनशिल युवा क्लबले ६२ जना ब्रतालुहरुलाई एक सय २४ वटा सारी वितरण गरेको सिर्जनशिल युवा क्लब हरिवन नगरपालिका २ का अध्यक्ष सन्तोष कुमार महतोले जानकारी दिए ।उनका अनुसार हरिवन नगरपालिका २ पछियारी टोलका ६२ जना छठ माता ब्रतालुहरुलाई अत्रौली पछियारी टोल समाज र स्थानीय युवाहरूको सहयोगमा सिर्जनशिल युवा क्लबले ६२ जना ब्रतालुहरुलाई एक जोरका दरले एक सय २४ वटा सारी वितरण गरेको हो । 
कडा धार्मिक नियम,आस्था र विश्वासका साथ चार दिन सम्म मनाई छठपर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकिएको छ ।हरेक वर्ष कात्तिक र चैत्रमा निष्ठापूर्वक मनाईने छठ पर्व कात्तिक शुक्ल चतुर्दशीका दिन सुरु भई अष्टमीका दिन समाप्त हुन्छ।सूर्य उपासनाको यस पर्व तराई तथा मिथिलाञ्चल क्षेत्रमा महापर्वको रुपमा मनाउने गरिएको भएपनि पछिल्ला वर्षहरुमा पाहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ।छठ पर्वले एकताको भावना,संस्कृतिका संरक्षण र पारिवारिक सम्बन्धहरूको महत्वलाई प्रगाढ बनाउनुका साथै समाजमा सहिष्णुता र सद्भावको सन्देश प्रवाह गर्ने र छााल रोग निकोहुने विश्वास रहेको छ ।हरेक वर्ष विभिन्न किसिमका सामाजिक काम गर्दै आएको क्लबले  यस वर्षपनि रातभर जाग्राम बसेका ब्रतालुहरुलाई थोरै भएपनि न्यानोपन दिलाउँन प्रति ब्रतालु दुई वटाका दरले सारी वितरण गरेको सिर्जनशिल युवा क्लबले जनाएको छ ।

सम्बन्धित समाचार