सर्लाहीको गोडैता नगरपालिकाबाट आफुहरुले पाउनु पर्ने साईकल नपाएको महिला स्वास्थ्य स्वयंसेविकाहरुले गुनासो गरको छन्।देशैभर २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाई रहँदा गोडैता नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुले आफुहरुले सुविधाको नाममा पाउने साईकल नपाएको गुनासो गरेका हुन ।
गोडैता नगरपालिकाले मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पु¥याउने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दिने भनिएको साईकल वितरण नहुँदा उनीहरुले गुनासो गरेका हुन ।साईकल नपाएको महिला स्वास्थ्य स्वयंसेविकाहरुको गुनासोलाई सरोकारवालाहरुले एक अर्कालाई दोष लगाउँदै पञ्छिने बाहेक केही काम नगरेका पाइएको छ।आफुहरुलाई सेवा प्रवाह गर्न साईकल भए सहज हुने भन्दै साईकल मागेका महिला स्वास्थ्य स्वयंसेविकाहरु यस वर्षपनि साईकल नपाउँदा गुनासो गरेका हुन ।
उनीहरुको माग सम्बोधन हुने तथा २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस कै दिन साईकल वितरण गर्ने भनि नगरपालिकाले आश्वासन दिएको भएपनि गोडैता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवको लापरबाहीका कारण महिला स्वास्थ्य स्वयंसेविकाहरुले साईकल नपाएका गोडैता नगरपालिकाका नगर प्रमुख देबेन्द्र यादवले बताए।
उनले आफूहरुले सकेसम्म पहल गरेपनि साईकल वितरण गर्न नसकिएको बताए।“केही मानिसहरु झुटो बोलन स्मार्ट छन् । यो कुरा मैले धेरैदिन देखि महसुस गरि रहेको छु ।”उनले प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवलाई लक्षित गर्दै भने,यता, उक्त कामको लागी आफूले महिनौ देखि पहल गरिरहेको र नगर प्रमुख यादवलाई पटक पटक भनेको गोडैता नगरपालिकाको स्वास्थ्य शाखा संयोजक प्रमोद पण्डितले बताए ।उनका अनुसार नगर प्रमुख यादवले आफ्नै अगाडी प्रमुख प्रशासकीय अधिकृत यादवलाई उक्त काम गर्न आग्रह गर्दा समेत उक्त काम हुन् सकेन् ।