मलंगवा नगरपालिकाले ३८ औँ स्थापना दिवस

372 Shares

सर्लाहीको मलंगवा नगरपालिकाले आफ्नो ३८ औँ स्थापना दिवस मनाएको छ।नगरपालिकाकै प्राङ्गणमा शुुभकामना आदान प्रदान,पुरस्कार वितरण र साँस्कृतिक कार्यक्रम गरी जिल्लाको सबैभन्दा जेठो नगरपालिकाले ३८ औँ स्थापना दिवस मनाइएको स्थापना दिवस मूल आयोजक समितिका संयोजक एवम प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिए ।उनका अनुसार मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा नगरको ३८ औँ स्थापना दिवस मनाइएको हो ।
मलंगवा नगरपालिकाको स्थापना दिवसकै अवसरमा बज्जिका महोत्सव सम्पन्न भएको गरेको थियो ।त्यस्तै,स्थापना दिवसको अवसरमा एक हप्तासम्म आयोजित हाजिरी जवाफ,वतृत्वकला,चेयर रेस र  मटका फोरलगायत कार्यक्रमका बिजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार