पेट्रोल,डिजेल र मट्टीतेलको मुल्य घट्यो

395 Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ।निगमको सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोल,डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो।मुल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा,दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ ।
निगमले चारआली,विराटनगर,जनकपुर,अमलेखगञ्ज,भलवारी,नेपालगञ्ज,धनगढी र वीरगञ्जलाई पहिलो,सुर्खेत र दाङलाई दोस्रो र काठमाण्डौ,पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ।डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा,दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।इन्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार