सर्लाहीको पर्सा गाउँपालिका ६ स्थित हुलाकी सडक खण्डबाट नक्कली नोटसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पर्सा गाउँपालिका ६ स्थित हुलाकी सडक खण्डबाट रु २४ हजार नक्कली नोटसहित लालबन्दी नगरपालिका ६ का अन्दाजी वर्ष २१ का मुकेश कुमार साह र हरिपुर्वा नगरपालिका ४ डुमरियाका अन्दाजी वर्ष २३ का सरोज पंडितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्तःा एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार साहले चलाएको बिआर ३० एपी ७५३९ नम्बरको मोटसाइकललाई शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाइकलबाट रु पाँच सयका दरले ४८ थान रु २४ हजार नक्कली नोट फेला पारेपछि मोटरसाइकलमा पछाडी सवार पंडितलाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।