राप्रपा विराटनगर महानगरपालिकाको निर्वाचन असार २१ मा हुने

427 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)विराटनगर महानगरपालिकाको निर्वाचन असार २१ गते हुने भएको छ।राप्रपा विराटनगर महानगरपालिकाको निर्वाचन असार ७ गते हुने भनिएकोमा विशेष कारणले असार २१ गते शनिबार निर्वाचन हुने तय भएको राप्रपा मोरङ जिल्ला समिति सदस्य एवम निर्वाचन समिति सदस्य शोभा प्याकुरेलले जानकारी दिईन ।
उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विराटनगर महानगरपालिकाका अध्यक्ष विकास लिम्बूको अध्यक्षता एवम राप्रपा केन्द्रीय समिति सदस्य विश्व मोहन थापाको प्रमुख आतिथ्यतामा भएको छलफलले असार ७ गते निर्वाचन गर्ने तय गरेको भएपनि विशेष कारण वस असार २१ गते निर्वाचन गर्ने तय भएको हो ।
राप्रपा केन्द्रीय समितिले चयन गरी पठाएका राप्रपा मोरङ जिल्ला निर्वाचन समितिका संयोजक उद्दव चन्द्र घिमिरेको संयोजकत्वमा रहेको छ सदस्यीय निर्वाचन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)विराटनगर महानगरपालिकाको निर्वाचन सम्पन्न गर्ने तय भएको राप्रपा केन्द्रीय सदस्य मनोज बस्नेतले बताए ।

सम्बन्धित समाचार