सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ५ स्थित नेपाल भारत सीमा क्षेत्र नजिकैकाे बाेडर आउट पाेष्ट(बिओपी) सखुअवाकाे क्षेत्रबाट ७ हजार चार सय १० बाेतल साेफी सहित बिआर ७३ बि ९३४५ नम्बरकाे पिकअप भेन शसस्त्र प्रहरी प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाकाे टाेलीले नियन्त्रणमा लिएर भन्सार बुझाएको छ ।

शारदा डिष्टिलरी प्रा.लि गाेलबजार नगरपालिका १० सिरहाकाे उत्पादन गाैरब साेफी दुई सय ७४ कार्टुन अर्थात सात हजार चार सय १० बाेतल साेफी अवैध तरिकाले भन्सार छली छिमेकी देश भारत तर्फ जान लागेकाे विशेष सूचनाकाे आधारमा खटिएको शसस्त्र प्रहरी प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाकाे शसस्त्र प्रहरीको टाेलीले नियन्त्रणमा लिएको हाे।करिब १७ लाख बराबरकाे साेफि र पिकअप भेन भन्सार बुझाईएकाे शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
