नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बी.पी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा सर्लाहीमा पनि श्रद्धाञ्जली अर्पण गरिएको छ।नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ बसबरीया गाउँपालिका ३ भवानीपुरस्थित पार्टी कार्यालयमा बी.पी.को ४३ औँ श्रद्धाञ्जली सभा सम्पन्न गरिएको नेपाली कांग्रेस बसबरीयाका नेता गजेन्द्र साहले जानकारी दिए ।उनका अनुसार नेपाली कांग्रेस बसबरी गाउँपालिका सभापति लालबाबु महतोको सभापतित्व तथा नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम निवर्तमान मन्त्री बीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।
त्यसैगरी,नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बी.पी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा लालबन्दी नगरपालिका ७ स्थित रहेको रामजानकी राधाकृष्ण वैदिक गुरूकुलममा शैक्षिक सामाग्री वितरण गरेको छ ।लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा करिब रु १० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दिए।कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।