सिन्धुलीको कमलामाई नगरपालिकाका करिब तीन सय जना कर्मचारीहरु महान चाड दशैँमा पनि तलब भक्ता विहिन हुने भएका छन्।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई विगत करिब दुई महिनादेखि बिदामा बसेका र निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा पाएका नगरपालिकाको शिक्षा तथा युवा खेलकुद विकास शाखाका संयोजक एवम अधिकृत नवौँ नवराज बराललाई आर्थिक अधिकार नदिएका कारण नगरपालिकामा कार्यरत करिब तीन सय जना कर्मचारीहरु महान चाड दशैँमा पनि तलब भक्ता विहिन हुने भएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज १२ गते सम्मका लागि बिदा स्वीकृत गरेपछि नगरपालिकाले शिक्षा तथा युवा खेलकुद विकास शाखाका संयोजक एवम अधिकृत नवौँ बराललाई निमिक्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि नगरपालिकाका अन्य कामहरु प्रभावित नभएका भएपनि आर्थिक काम गर्न निमिक्त प्रमुख प्रशासकीय अधिकृत बराललाई अधिकार नदिएका कारण तलब भक्त विहिन हुने अवस्था सृजना भएको नगरपालिकाको वातावरण शाखा प्रमुख एवम गुनासो सुन्ने अधिकारी सागर ढकालले बताए ।
प्रमुख प्रशासकीय अधिकृत भट्टराई विदामा बस्दा नजिकिँदै गरेको दशैँमा सामाजिक सुरक्षा भत्ता,नगरपालिकाका कर्मचारी र नगरपालिका भित्रका शिक्षकहरुको तलव भक्ता लगायतका रकम नआउँदा दशैँ कसरी मनाउने भन्ने चिन्ता थपिएको छ ।भदौ २३ र २४ गते को “जेन जी”पुस्ताको आन्दोलनबाट नगरपालिकाको कार्यालय र तिन वटा वडा कार्यालयमा भएको तोडफोड र आगजनीमा भएको क्षतीको पुनःनिर्माण गरेर दैनिक कार्य सञ्चालन गरेर जनातालाई सेवा प्रदान गर्नुपर्नेमा प्रमुख प्रशासकिय अधिकृत भट्टराईको अनुपस्थिले उक्त काममा प्रभाव परेको नगरपालिकाका जनप्रतिनिधिहरुको भनाई छ ।
त्यसैगरी,गत आर्थिक वर्षमा उपभोक्ता समितिहरू मार्फत सम्पन्न भएर विभिन्न कारणले भुक्तानी नभएका कामहरु चालु आर्थिक वर्षमा भुक्तानी दिनु पर्ने रकम प्रमुख प्रशासकीय अधिकृत भट्टराईको अनुपस्थिमा भुक्तानी नपाउने समस्या सृजना भएको छ ।चाडपर्वको मुखैमा भुक्तानी रोकिनु,योजनाहरू सञ्चालनको तयारी नहुनु र कार्यालय प्रमुख कार्यालयमा उपस्थित नहुनु सामान्य प्रशासनिक कमजोरी नभई राज्यप्रतिको जनविश्वासलाई ध्वस्त पार्ने गम्भीर बेवास्ता रहेको जानकारहरु बताउँछन् ।