सिन्धुलीमा २६ जनाले गरे रक्तदान

529 Shares

७० औँ प्रहरी दिवसको अवसरमा सिन्धुलीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रत्तदान गरेका छन् ।कमलामाई नगरपालिका ६ बसपार्क प्रतिक्षालय स्थित प्रांगणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रत्तदान गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा जिल्लाका सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु र सर्वसाधरणहरु गरि २६ जनाले रक्तदान गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए । ७० औँ प्रहरी दिवसको अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत समुदायसंग प्रत्यक्ष जोडिएर समाजमा भई रहेका सकारात्मक गतिविधिहरुमा प्रहरीले सक्रियता देखाएको हो ।

सम्बन्धित समाचार