सिन्धुलीका २३ कार्यालयले गरे पहिलो त्रैमासिक स्वतःप्रकाशन

305 Shares

 सिन्धुलीका ४३ वटा कार्यालयहरु मध्य हाल सम्म २३ वटा कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका छन् । संघीय,प्रादेशिक कार्यालयहरु र स्थानीय तहहरु गरी ४३ वटा कार्यालयहरु रहेको सिन्धुलीका २३ वटा कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाई सिन्धुलीका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय सहित नापी कार्यालय,जिल्ला हुलाक कार्यालय, फिक्कल गाउँपालिका,शहरी विकास तथा भवन कार्यालय,पूर्वाधार विकास कार्यालय,जिल्ला समन्वय समितिको कार्यालय,जनस्वास्थ्य कार्यालय,सडक डिभिजन कार्यालय खाल्टे,डिभिजन वन कार्यालय,मरिण,डिभिजन वन कार्यालय सिन्धुलीमाडी,हरिहरपुरगढी गाउँपालिका,मालपोत कार्यालय,आयुर्वेद तथा बैकल्पिक चिकित्सालय,सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना,उद्योग तथा वाणिज्य कार्यालय,घ्याङ्लेख गाउँपालिका,सिन्धुली अस्पताल,जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाई,सिन्धुली,तीनपाटन गाउँपालिका,जनस्वास्थ्य कार्यालय र दुधौली नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका हुन ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ बमोजिम सबै सार्वजनिक निकायहरुले प्रत्येक तीन÷तीन महिनामा अद्यावधिक गरी स्वतःप्रकाशन गर्नु पर्ने प्रावधान भएपनि सिन्धुलीका २० वटा कार्यालयहरुले स्वतःप्रकाशन गर्न बाँकी रहेको सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाईका सदस्य एवम जिल्ला समन्वय समिति सिन्धुलीका समन्वय अधिकारी तिर्थराज पौडेलले बताए । उनका अनुसार सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ अनुसार आर्थिक वर्ष सुरु भएको रहेक तीन महिनामा हरेक नागरिकलाई सूचना उपलब्ध गराउने र कार्यालयको गतिविधिहरु सार्वजनिक गर्नु पर्ने प्रावधान रहेको छ ।
सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाइले जिल्लाका सबै सरकारी कार्यालयहरु,बैँक तथा वित्तिय संस्थाहरु,बीमा कम्पनीहरुका साथै सरकारी तथा गैर सरकारी संघ÷संस्थाहरु, सार्वजनिक संस्थान÷शैक्षिक संस्था र उपभोक्ता समितिहरुलाई समेत परिपत्र गरी सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ बमोजिम हरेक तीन÷तीन महिनामा स्वतःप्रकाशन गर्न पत्राचार गरिएको जिल्ला अनुगमन ईकाईका सदस्य सचिव एवम जिल्ला हुलाक कार्यालय सिन्धुलीका हुलाक अधिकृत कुमार थापाले जानकारी दिए ।उनका अनुसार पहिलो त्रैमासिक स्वतःप्रकाशन कात्तिक १५ गते सम्म समय रहेको र सो समयावधि भित्रमा बाँकी कार्यालयहरुले पनि पहिलो त्रैमासिक स्वतःप्रकाशन गरि सक्ने विश्वास लिईएको छ ।

सम्बन्धित समाचार