पछिल्ला दिनहरूमा सर्लाहीका सडकमा “टिपर आतंक”बढ्दै गएको छ।विशेष गरी सहरी तथा राजमार्ग क्षेत्रमा टिपरको तीव्र गतिले आम मानिसलाई त्रासमा पार्दै आएको छ।दैनिकजसो हुने दुर्घटनाका कारण सर्वसाधारणले ज्यान गुमाउनु परेको छ भने थुप्रै घाइते भएका छन्।दुर्घटना बढ्नुमा धेरै कारणहरू मध्य एउटा तिब्रगतिमा सवारी साधन सञ्चालन पनि हो ।

तीमध्ये प्रमुख कारण चालकको लापरवाही,ट्राफिक नियम उल्लंघन,तिब्रगति,असावधानीपूर्ण ओभरटेक,कमजोर सडक संरचना र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनको अभाव रहेको जानकारहरु बताँउछन्।विशेष गरी नदीजन्य पदार्थहरु बोक्ने टिपरहरू दिउँसै तिब्रगतिमा गुड्ने,बोकेको निर्माण सामाग्री नछोपी हिड्ने साथै सवारी चालक अनुमती पत्र समेत नभएका चालकहरुले टिपर चलाउने गरेका छन् ।जसका कारण दुर्घटनाको सम्भावना अझ बढी हुन्छ।टिपर चालकहरूले अकसर सवारी नियमको बेवास्ता गर्ने र नशालु पदार्थ सेवन गरेर गाडी चलाउने तथा ट्राफिक प्रहरीलाई आर्थिक प्रभावमा पार्ने जस्ता गतिविधि गर्दै आएका छन्। कतिपय टिपर दुर्घटनामा चालक आफैं पनि ज्यान गुमाउँछन्।

पूर्व पश्चीम राजमार्ग स्तरोउन्नतीको काम भई रहेको छ भन्दै नम्बर प्लेट समेत नभएका साथै ब्रेक र साईट लाईट समेत नभएका टिपरहरु राजमार्गमा खुलेआम दौडिदाँपनि सर्लाही ट्राफिक मन्त्रमुग्ध बनेको स्थानीयको भनाई छ ।सर्लाही ट्रााफिकले राजमार्गमा सञ्चालन हुने टिपरहरुबाट मासिक रु पाँच हजारका दरले कमिसन असुल्ने गरेका स्थानीयको आरोप छ ।
दैनिक हुने सवारी दुर्घटनाका कारणले सर्वसाधारणमा ठूलो आक्रोश छ।सामाजिक सञ्जालदेखि सडक आन्दोलनसम्म जनताले सरकारको ध्यानाकर्षण गराउने प्रयास गरिरहेका हुन्छन्।धेरै स्थानमा स्थानीयबासीले टिपर आतंक विरुद्ध प्रदर्शन समेत गर्ने गरेका छन्।त्यस्तै,दुर्घटनामा परेका पीडित परिवारले न्याय पाउन कठिनाइ भोग्नु परेको छ।क्षतिपूर्ति दिलाउने प्रक्रिया झन्झटिलो हुँदा पीडित पक्ष झन् समस्यामा परेका छन्।
सरकारले समय समयमा ट्राफिक नियम कडा बनाउने प्रयास गरे पनि प्रभावकारी कार्यान्वयनको अभाव देखिन्छ।केही स्थानमा टिपरको गति नियन्त्रण गर्न रातको समयमा सञ्चालनमा रोक लगाइएको छ तर यो नियम कडाइका साथ लागू भएको देखिँदैन।सडक सुरक्षा सम्बन्धी सरोकारवाला निकायहरूले टिपरको दर्ता तथा सञ्चालनमा कडाइ गर्नुपर्ने,सवारी साधनको नियमित जाँच गर्नुपर्ने,चालकलाई आवश्यक प्रशिक्षण दिनुपर्ने र ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुपर्ने सुझाव दिएका छन्।
टिपर आतंक नियन्त्रण गर्न सरकारले ठोस नीति ल्याउनु आवश्यक रहेपनि सवारी साधनहरुले ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा कार्बाही गर्न खडा गरिएका ट्राफिक प्रहरी कर्मचारीहरु कमिसन असुलीमा लाग्दा राज्यको नियमनकारी निकाय ट्राफिक प्रहरी समय समयमा बद्नाम हुँदै आएको स्थानीय बताउँछन् ।
सडकमा जनताको सुरक्षा पहिलो प्राथमिकता र ट्राफिक नियमको कडाइका साथ पालन, चालकलाई सचेत पार्ने कार्यक्रमका साथै पीडितलाई न्याय दिलाउने प्रयासलाई प्रभावकारी बनाउन सके मात्र टिपर आतंक कम गर्न सकिने जानकारहरु बताउँछन् । तर ट्राफिक प्रहरीको त्यस तर्फ ध्यान नगएको पाईन्छ ।