फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले आफ्ना चुनवाी गतिविधिहरुलाई तिब्र बनाएका छन्।चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको सर्लाहीमा एक सय ३१ जना उम्मेदवाहरु रहेको सर्लाहीका सबै उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्रमा सम्क्पर्क कार्यालयहरुका साथै निर्वाचन परिचालन कमिटि गठन गर्ने तथा चुनाव प्रचार प्रसार कमिटि समेत गठन गरेका छन् ।
स्वतन्त्र उम्मेदवार तथा राजनीतिक दलका उम्मेदवारहरुले मुख्य बजार क्षेत्रहरुमा धमाधम सम्पर्क कार्यालय सञ्चालन गर्ने र चुनाव परिचालन कमिटि गठन तथा आफ्नो अभियानलाई तिब्रता बनाएका छन् ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सर्लाहीमा क्षेत्र नं. १ को लालबन्दी,क्षेत्र नम्बर २ को मलंगवा,क्षेत्र नम्बर ३ को हरिवन र क्षेत्र नम्बर ४ को गोडैतामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा रहेका छन्।मुख्य बजार क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालय नजिक पर्ने गरी उम्मेदवारहरुको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
कतिपय उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पालिकै पिच्छे सम्पर्क कार्यालय स्थापना गरेका छन्।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम सर्लाही क्षेत्र नम्बर १ का उम्मेदवार प्रमोद साहले आफ्नो क्षेत्र भित्रका प्राय सबै पालिकामा निर्वाचन परिचालन कमिटि गठन गरि सकेका छन् ।
त्यसैगरी,नेकपाका नेता एवम सर्लाही क्षेत्र नम्बर २ का उम्मेदवार महिन्द्र राय यादवले पनि आफ्नो क्षेत्रमा निर्वाचन सम्बन्धी गतिविधिहरु तिब्र बनाएका छन् ।सर्लाही ३ का उम्मेदवार नारायण काजी श्रेष्ठले पनि आफ्नो क्षेत्रमा पर्ने सबै पालिकाहरुमा निर्वाचन परिचालन तथा प्रचार प्रसार कमिटि गठन गरेर आफ्नो चुनावी अभियानलाई तिब्र बनाएका छन् ।यता,नेपाली कांग्रेस सर्लाहीका सभापति डा.सरोज कुमार यादवले फागुन २१ को निर्वाचनमा प्रायःसबै अगुवा नेतालाई जिम्मेवारी दिएर परिचालन गरिएको बताए ।
सर्लाही क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार समेत रहेका उनले सम्पर्क कार्यालय स्थापना र परिचालन समिति गठन सँगसँगै टोल,बस्तीमा अगुवा नेता,कार्यकर्ता भेला पारेर चुनावमा के–कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए। नेकपा(एमाले)का उम्मेदवाहरुले आफ्नो क्षेत्रमा चुनावी गतिविधि बढाएका छन् ।
आफ्नो क्षेत्र भित्र पर्ने वडा,पालिका तथा क्षेत्रीयस्तरमा भेला,बैठकहरु राखेर निर्वाचन लक्षित विभिन्न समितिहरु गठन गरिएको एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले बताए ।जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी,जनता समाजवादी पार्टी नेपाल,उज्यालो पार्टी नेपाल र जनमत पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लगायत अन्य राजनीतिक दलले पनि प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कार्यकर्तामाझ पुगेर भेला,बैठक आयोजना गरिरहेका छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सर्लाहीमा उम्मेदवारी दिएका एक सय ३१ जनामध्ये राजनीतिक दलबाट उम्मेदवारी दिने ६१ जना र स्वतन्त्र उम्मेदवारी दिने ७० जनाले नै आफ्ना गतिविधिहरु सञ्चालन गरि रहेका छन्।स्रोतका अनुसार स्वतन्त्रबाट उम्मेदवारी दिने ७० जनामध्ये अधिकांश उम्मेदवारहरु राजनीतिक दलका उम्मेदवारले सवारीको सुविधा लिन खडा गरेका डमी उम्मेदवारहरु रहेका छन्।