सर्लाहीको मलंगवा नगरपालिका–८ बाट खैरो हिरोइन सहित एउटा मोटरसाईकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले मलंगवा नगरपालिका–८ स्थित वकिल गल्लीबाट विशेष सूचनाको आधारमा बिआर ३० एक्स ८५१८ नम्बरको मोटरसाईकल सहित आठ दशमलव तीन सय ४० ग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक बाबुदत्त चौधरीको नेतृत्वको पाँच जनाको सशस्त्र प्रहरीको गस्ति टोलीले पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाईकल चेक जाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेको अवस्था उक्त परिमाणको खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो। बरामद् भएको मोटरसाईकल सहित खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थलाई आवश्यक कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाईएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाका प्रमुख एवम सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारीले जानकारी दिए ।