सर्लाहीको लालबन्दी नगरपालिका १६ मा घर घरमा मिटर धारा जोड्ने काम शुरु भएको छ । लालबन्दी नगरपालिका, लालबन्दी नगरपालिका १६को समन्वय र युनिसेफको सहयोगमा करिब ६ महिना पहिलाबाट लालबन्दी १६ का घरघरमा मिटर धारा जोड्ने काम शुरु भएको हो ।
लालबन्दी नगरपालिका १६ का नागरीकहरुलाई हिउँदयाममा काकाकुल हुनबाट बचाउने उद्धेश्यले हरेक घरमा धारा जडान गरी पिउँने पानीको समस्या झेली रहेका लालबन्दी नगरपालिका १६ का नागरीकहरुलाई सहजता प्रदान गर्न भन्दै घरघरमा मिटर धाराको जडानको काम शुरु गरिएको लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिनु भयो ।
करिब रु ७३ लाखको लागतमा आँपचौर खानेपानी आयोजनाले कालीन्जोर खोलाबाट पानी तान्न पाईप जडानको काम भई रहेको छ भने कोरोना महामारीको समयमा पनि स्वास्थ्य मापदण्डहरुको पालना गर्दै खोलामा इन्टेक निर्माणका साथै गाउँगाउँमा मुख्य पाईप तथा शाखा पाईपहरु विछ्याउने काम भई रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष राम बहादुर पाण्डेले बताउनु भयो । उहाँका अनुसार घरघरमा पिउँने पानी आउने भएपछि सोक्षेत्रका स्थानियबासी खुसी भएका छन् ।
यता, कोरोना महामारीको कारण सोचे जती काम नभएपनि सन्तोषजनक काम भई रहेको युनिसेफका सिनियर प्लम्बर इन्द्र आचार्यले बताउनु भयो । उहाँका अनुसार लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष थापाको आग्रहमा कोरोना महामारीको समयमा पनि नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्डहरुको पालना गर्दै काम गरी रहेको र जसका कारण धेरै काम गर्न समिति सफल भएको छ ।
साथै केही मिडियाहरुले अनावश्यक रुपमा भ्रामक प्रचारवाजी गरेका भन्दै स्थानियले आक्रोस व्यक्त गरेका छन् । आफ्नो गाउ घरमा भएका विकासदेख्न नसक्ने विकास विरोधी मिडियाकर्मीहरुले आफ्नो गाउंको बद्नाम गराउने काम गरेका भन्दै उनिहरुले आक्रोस व्यक्त गरेका छन् ।