हबल्दार खतिवडा असार महिनाको “उत्कृष्ट प्रहरी”घोषित

188 Shares

प्रहरी चौकी दुधौलीका प्रहरी हबल्दार हरेराज खतिवडालाई २०८३ असार महिनाको “उत्कृष्ट प्रहरी”घोषणा गरिएको छ।प्रहरी चौकी दुधौलीमा कार्यरत रहँदा हबल्दार खतिवडाले लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउँदै तीन फरक–फरक कारबाही मार्फत ठूलो परिमाणमा लागूऔषध हिरोइन बरामद गरेका साथै विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सफल भएकोले उनलाई असार महिनाको “उत्कृष्ट प्रहरी”घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय तथा वडा क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै समुदायसँग प्रहरीको सम्बन्ध अझ सुदृढ बनाउन हबल्दार खतिवडाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।लागूऔषध दुव्र्यसन न्यूनीकरण, सामाजिक सचेतना र शान्ति सुरक्षामा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई असार महिनाको “उत्कृष्ट प्रहरी”घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहले बताए ।उनका अनुसार उत्कृष्ट कार्यसम्पादन,व्यावसायिक दक्षता,अनुशासन र समुदायमुखी प्रहरी सेवाका आधारमा हबल्दार खतिवडालाई असार महिनाको “उत्कृष्ट प्रहरी”घोषणा गरिएको हो।

सम्बन्धित समाचार