सर्लाहीको मलंगवा नगरपाकिला–१ स्थित भेडिया नाकाबाट अवैध तरिकाले नेपाल प्रवेश गर्दै गरेको अवस्थामा ठूलो मात्रामा कुखुराका चल्ला सशस्त्र प्रहरीले बरामद गरि नष्ट गरेको छ । मलंगवा नगरपालिका–१ स्थित भेडिया स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाबाट खटिएको सशस्त्र प्रहरी टोलीले दुई हजार पाँच सय वटा कुखुराका चल्ला बरामद् गरेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम् सशस्त्र प्रहरी नायव उपरिक्षक विष्णु अधिकारीले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवा सहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)खुटौनाबाट खटिएको संयुक्त सशस्त्र प्रहरी टोलीले अन्दाजी रु दुई लाख बराबरका दुई हजार पाँच सय वटा कुखुराका चल्ला नियन्त्रणमा लिएर नष्ट गरिएको हो।नियन्त्रणमा लिइएका कुखुराका चल्ला सशस्त्र प्रहरी,नेपाल प्रहरी,पशु क्वारेन्टाइन कार्यालय मलंगवा सहितको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।