Close This

१८० विघामा नगर बगैँचा, पर्यटन प्रवद्र्धनमा जोड

रासस    प्रकाशित: २०७७-५-२८ गते   ४१८ पटक हेरिएको

जिल्लाको बागमती नगरपालिकामा नगर बगैँचा निर्माण हुने भएको छ । नगरपालिका ३, ४ र ११ मा गरेर १८० विघा क्षेत्रमा नगरपालिकाले फलफुलका विरुवा रोपेर नगर बगैँचा निर्माण सुरु भएको छ ।
नगरको आय आर्जनको रुपमा विकास गर्नसके यस नगर बगैँचाले बेरोजगार सयौ नागरिकहरुलाई रोजगारी सृजना गर्ने नगर प्रमुख भरत कुमार थापाले बताउनु भयो ।विकासलाई रोजगार मुखी बनाउनु अपरिहार्य रहेको भन्दै विकाससंगैँ रोजगारीको सृजना पनि गर्ने काममा बागमती नगरपालिका लागि परेको नगर प्रमुख थापाले बताउनु भयो ।
बगैँचाका कारण नगरले यहि उत्पादन हुने फलफुलका लागि अन्यत्र निर्भर हुन नपर्ने उहाको भनाई छ। नगरले बार्षिक करोडौको फलफुल उत्पादन गर्ने गरी बगैचा निर्माण गरिरहेको छ।यसरी कृषि, पशु, बजार लगायतको ब्यवस्थापनमा समेत नगरले मुख्य रुपमा ध्यान दिईरहेको उप प्रमुख लिला मोक्तानले बताउनु भयो । नगरको विकासको लागि नगरको रकम कुनै पनि हालतमा नगरमै रोक्नु पर्ने भएकोले पनि यो योजनाहरु अपरिहार्य रहेको जनप्रतिनिधिहरुको भनाई छ। आजलाई भन्दा पनि भोलिको भविश्यलाई हेरेर नगरपालिकाले योजना तयार गर्ने गरेको नगरका योजना विभाग प्रमुख सुजन बडालले बताउनु भयो ।
बगैँचामा तराईको ठाउँमा हुने आपँ, लिच्चि, कटहर, लगायतका फलफुलका विरुवा लगाईएको छ। बगैँचाको रेख देख तथा गोडमेलको लागि स्थानीय स्तरमा रोजगारी पनि श्रृजना भएपछि स्थानीय समेत हर्षित बनेका छन्। बगैँचा निर्माणले नगरको पर्यावरण समेत संन्तुलित रहने समेत नगरको दावी छ। एका तर्फ वातावरण संरक्षण र अर्को तर्फ आम्दनीको राम्रो श्रोत नगर बगैँचा बन्ने नगरपालिकाले जनाएको छ । नगर बगैँचामा फलफुलका विरुवाहरु रोप्ने काम भईरहेको र ती विरुवाहरुको व्यावस्थापनको काम भईरहेको नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech