Close This

मोहनपुरबाट २२५ ट्याबलेट नाईट्रोभेट सहित मोटरसाईकल र २ जना नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-५ गते   ३१० पटक हेरिएको

सर्लाहीको चन्द्रनगर गाउँपालिका ५ मोहनपुरबाट चक्रघट्टा गाउँपालिका ९ का २ जना सहित लागु औषध.नाईट्रोभेट २२५ ट्याबलेट प्रहरीले बरामद् गरेको छ । 
ना २९ प ७३१८ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा प्रहरीले चक्रघट्टा गाउँपालिका ९ का राजदेव यादव र राहुल यादवलाई लागु औषध नाईट्रोभेट २२५ ट्याबलेटसहित नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जनाएको छ ।

गस्तीमा रहेको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनिहरुले मोटरसाईकलमा लुकाई छिपाई ल्याउँदै गरेको लागु औषध.नाईट्रोभेट २२५ ट्याबलेट,मोटरसाईकल र २ जनालाई निइनत्रणमा लिएको सर्लाही प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु दिनुभयो । 
उनिहरुको विषयमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech