नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट राष्ट्रिय युवा संघ सिन्धुलीको तीनपाटन गाउँपालिकाको प्रथम भेला एवंम सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ सिन्धुली जिल्ला संयोजक अबिरल मगरले तीनपाटन गाउँपालिकाका युवाहरुलाई सपथग्रहण गराउनु भएको हो ।
राष्ट्रिय युवा संघ तिनपाटन गाउँपालिकाका अध्यक्ष अनिल तामाङ्गको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टि केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज विसमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उल्लेखय युवाहरुको सहभागीता रहेको अनेरास्ववियुका नेता वरुण घिमिरेले जानकारी दिनु भयो ।

गाउँपालिकाका युवाहरुलाई सुचारु अवस्थामै राख्न आयोजना गरिएको कार्याक्रममा संघीय सांसद गणेश कुमार पहाडी,प्रदेशसभा सदस्य राजन दाहाल(लेखनाथ),विनोद खड्का,प्रदिप कटुवाल लगाएतको विशेष उपस्थिति रहेको थियो ।
नेपाली काग्रेस तिनपाटन गाउँपलिकाका १ सय भन्दा बढी नेता तथा कार्यकता नेकपामा प्रवेश गरेका छन । राष्ट्रिय युवा संघ तिनपाटन गाउँपालिकाको प्रथम भेला एवम सपथग्रहण कार्यक्रममा १ सय ५० जना नेपाली काग्रेसका नेता तथा कार्यकता नेकपामा प्रवेश गरेका हुन । नेपाल कम्युनिष्ट पार्टि(नेकपा) सिन्धुलीले नव प्रवेशीहरुलाई स्वागत गरेको छ ।