संघीय संसद्को प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्लाहीमा पनि प्रदर्शन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गर्नासाथ जिल्लामा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेता कार्यकर्ताबाट प्रदर्शन भएको हो ।
नेकपा र उसको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय नेताहरुकै उपस्थितिमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको विरुद्धमा चर्को नाराबाजी गर्दै हरिवनमा र्याली निकालिएको अनेरास्ववियु सर्लाहीका संयोजक विवेक मैनालीले बताउनु भयो ।

¥यालीमा नेकपाका स्थायी कमिटी सदस्य मातृका यादव, पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश २ का सह संयोजक नागेन्द्र चौधरी, नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज डाचाराज वाग्ले, अनेरास्ववियूका केन्द्रिय सह संयोजक रन्जित तामाङ, अनेरास्ववियूका केन्द्रिय सदस्य सुरेश पराजुली, नेतृ आरती लामा लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको र्यालीमा सहभागीता रहेको थियो ।
¥याली पश्चात आयोजित कोण सभालाई विद्यार्थी नेता तामाङ र नेतृ लामाले सम्वोधन गरेका थिए । उनिहरुले संसद् विघटनको कदम दुर्भाग्यपूर्ण रहेको बताएका छन् । ¥याली अघि बागमतीमा पूर्व मन्त्री समेत रहेका नेता यादवको प्रमुख आतिथ्यतामा अनेरास्ववियू सर्लाहीको व्यवस्थापनमा प्रदेश भरीका विद्यार्थी नेताहरुको भेला सम्पन्न भएको थियो । भेलाका प्रमुख अतिथि नेता यादवले प्रधानमन्त्री ओलीकै संरक्षणमा देशमा भ्रष्टाचार, गुण्डागर्दी जस्ता अराजकता र अस्थिरता बढेको आरोप लगाएका छन् ।
अर्का नेता प्रदेश सह संयोजक चौधरीले प्रधानमन्त्री ओलीबाट अब देश चल्न नसक्ने भन्दै उनलाई विश्राम दिएर तत्कालै पार्टीले अर्को विकल्प खोज्नु पर्ने बताएका छन् ।संसद् विघटनको विरुद्धमा आईतबार दिउँसै सदरमुकाम मलंगवामा नेकपाका केन्द्रिय सदस्य प्रल्हाद बुढाथोकी, जिल्ला ईन्चार्ज वाग्ले लगायतको उपस्थितिमा नाराबाजी सहित जुलुस निकालिएको छ ।
त्यसैगरी नेकपा सर्लाहीका इन्चार्ज वाग्ले, सह–इन्चार्ज अच्युतम काफ्ले र सचिव कमल बुढाथोकीले पे्रस विज्ञप्ती जारी गरी प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै त्यसको भत्र्सना समेत गरेका छन् ।