Close This

 सर्लाहीका दुई प्रहरी युनिटको डीआईजी सिंहद्वारा निरीक्षण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-२३ गते   ३०७ पटक हेरिएको

प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले  सर्लाहीका दुईवटा प्रहरी युनिटको निरीक्षण गर्नु भएको छ । बुधबार सर्लाही आउनुभएका डीआईजी सिंहले ईलाका प्रहरी कार्यालय केशरगंज(बयलबास) र ईलाका प्रहरी कार्यालय गडहीया डुमरीयाको निरीक्षण गर्नु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । प्रहरी उपरिक्षक राठौरका अनुसार डीआईजी सिंहले दुवै युनिटको निरीक्षणका क्रममा प्रहरी संगठनमाथि प्रश्न नउठ्ने गरी जिम्मेवारी निर्वाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
निरीक्षण टोलीमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाई र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्ष राठौर लगायतको उपस्थिती रहेको थियो । डीआईजी सिंहले नियमित कार्य अन्तर्गत प्रदेश भरका विभिन्न प्रहरी युनिटहरुको निरिक्षण गरिरहनु भएको छ । भने बिहीबार उहाँले रौतहटका प्रहरी युनिहरुको निरिक्षण गर्नु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech