सोनाम ल्होछार सांसकृतिक महोत्सव लालबन्दीमा सुरु

3.7k Shares

नेपाल तामाङ घेदुङ लालबन्दी नगर समितिको आयोजनामा सर्लाहीको लालबन्दीमा २८५७ औँ सोनाम ल्होछार विशेष सांस्कृतिक महोत्सव सुरु भएको छ ।
लालबन्दी नगरपालिका–७, को साझा संस्थाको प्रांगणमा माघ २६ गते देखि फागुन ४ गते सम्म ल्होछार साँस्कृतिक महोत्सव सञ्चालन हुने आयोजकले बताएकोछ । महोत्सवमा शुभकामना आदान प्रदान तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारहरुको उपस्थितीमा सांगितिक प्रस्तुती सहितको महोत्सव सुरु भएको नेपाल तामाङ घेदुङ लालबन्दीका नगर अध्यक्ष बुद्ध लामाले जानकारी दिनुभयो ।
आईतबार दिउँसो लालबन्दीको नमस्ते होटलमा पत्रकार सम्मेलन गर्दै आयोजकले सोनाम ल्होछार साँस्कृतिक महोत्सवका बारेमा जानकारी गराएको हो । होत्सवमा रु ६ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष लामाले बताउनुभयो ।
महोत्सव आयोजनका लागि लाग्ने खर्च व्यवस्थापनको लागि घेदुङका १७ जना पदाधिकारीबाट जनही रु १० हजारका दरले सहयोग संकलन गरिएको र स्थानिय समाजसेवी, व्यवसायि लगायतबाट थप सहयोग संकलन गर्ने उद्धेश्य राखिएको आयोजकले बताएको छ । त्यस्तै लालबन्दी नगरपालिकाबाट पनि महोत्सव आयोजनाका लागि यथाशक्य सहयोगको प्रतिबद्धता आएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
महोत्सवमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुती सहित रोटेपिङ, सर्कस लगाएतका बिभिन्न खेल तथा तामाङ्ग समुदायको संस्कृति झल्कीने  झाँकी समेत प्रदर्शन हुनेछ । पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष हिराकाजी लामा, नेपाल तामाङ घेदुङ प्रदेश सदस्य इन्द्रवल तामाङ लगायत तामाङ घेदुङका विभिन्न पदाधिकारीहरुको उपस्थिती  रहेको थियो ।

सम्बन्धित समाचार