रौतहटको चपुरमा भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कडा कार्बाहीको माग गर्दै रौतहटमा वरोध प्रर्दशन भएको छ । बैतडीकी १७ वर्षीया किशोरी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीमाथि कडा कार्बाहीको माग गर्दै मेचि महाकालि संयुक्त बुहारी अवाजले विरोध प्रदर्शन गरेको हो ।
बुहारी अवाज प्रदेश २ की संयोजक पुजा पाठक(तिमिल्सीना)को नेतृत्वमा सयौंको सख्यामा बिरोध प्रदर्शनमासहभागीता रहेको मेचि महाकालि संयुक्त बुहारी अवाज सर्लाहीकी संयोजक रमा काफ्लेले जानकारी दिनु भयो । चन्द्रनिगाहपुरको पूर्व पच्छिम लोकमार्गबाट बिभिन्न नाराको प्लेकार्ड बोकेर निकालिएका बिरोध ¥यालि चन्द्रपुरको बिभिन्न ठाउँको परिक्रमा गरी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडी पुगि कोण सभामा परिणत भएको थियो । बिरोध कार्यक्रमलाई स्थानियले साथ नदिएको कार्यक्रमकी संयोजक तथा प्रदेश २ की संयोजक पुजाले बताउनु भयो ।
छोरी चेलि जहांको भएपनि हिंसा तथा अन्यायमा पर्दा सबै नेपालीले न्यायको लागी लडनु पर्ने उहाँको भनाई छ । भट्ट पच्छिमकीे चेलि भए र के भो ? उनि नेपाली छोरी थिइन प्रदेश २ की संयोजक तिमिल्सीनाले बताउनु भयो । नेपाली बुहारी वा छोरीमाथि अन्याय भए हामी चुप लगेर नबस्ने उहाँको भनाई छ । सो बिरोध ¥यालिमा मेचि महाकालि संयुक्त बुहारी अवाज सर्लाहीकी संयोजक रमा काफ्ले,सह कोषा अध्यक्षय निषा ठकुरी, सह संयोजक अन्जना कडरिया,सदस्य गिता राउत, गंगा देवी भन्डारी, अन्जना नेपालका साथै रौतहटकी उपाअध्यक्ष अनिता घिमिरे, सह संयोजक रत्ना चौधरी, सचिव गोमा राई, सदस्य बिमला रावलको सहभागीता रहेको थियो । यस्तै मेचि महाकालि संयुक्त बुहारी अवाज बाराकी उपाअध्यक्ष साबित्री बराल, सदस्य शान्ती लामा, रत्न बर्तौला र सरिता देवकोटाको समेत सहभागीता रहेको थियो ।