सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरमा खाने पानीको समस्या सृजना भएको छ । लालबन्दी नगरपालिका १६ को परवानीपुर तिनघरेमा करिब २ महिना देखि खाने पानीको समस्या सुजना भएको छ । करिब २२ धारा रहेको गाउमा अहिले कुनै धारामा पनि पानी नआउँदा स्थानिय सास्ती खेप्न बाध्य भएका छन् ।
अहिले स्थानीयहरुले धाराको पाइप निकालेर पालो पालो गरि पानी भरी रहेका छन् । मुहानमा नै पानीको श्रोत कम भएका कारण यस्तो समस्या सृजना भएको स्थानीय सुनिल बम्जनले बताएका छन् ।गाउँभरकिा धारा विग्रदा तिनघरेका स्थानीयहरु पानी थाप्न एउटै धारामा पालो पर्खिएर पानी भर्न बाध्य भएका छन् ।
त्यस्तै परवानीपुरमा पनि २ दिन देखि धारामा पानी आउन छोडेको छ । गाउँमा पानी आउन छाडेपछि गाउँका स्थानियहरु स्थानिय कृष्ण गौतमको घर नजिक रहेको धारामा गएर पालो कुरेर पानी ल्याउन बाध्य भएका छन । स्थानीयका अनुसार मुहानमा नै पानी कम भएका कारण समस्या भएको हो । अहिले मुहानमा मर्मत कार्य भइ रहे पनि पानी कहिले आउँछ भन्न सकिने अवस्था नरहेको उनिहरुको भनाई छ ।