नेपाल प्रहरी मौन,शसस्त्र प्रहरीको मधेश प्रदेशमा चमत्कार,तस्करहरुको निदहराम

2.3k Shares

मधेश प्रदेशमा शसस्त्र प्रहरीको सक्रियता बढेपछि तस्करहरूको निदहराम भएको छ । नेपाल प्रहरी मधेश प्रदेश तस्करहरुसंग मिलेमतोमा रहेको समयमा शसस्त्र प्रहरी सक्रिय भए पछि तस्करहरुको निदहराम भएको हो ।
शसस्त्र प्रहरी मधेश प्रदेशको सक्रियताका कारण धनुषाबाट करिब रु १ करोड स्रोत नखुलेको रकम बरामद गरेको हो । शसस्त्र प्रहरी धनुषाले आफ्नो सक्रियता देखाए पछि करिब रु १ करोड स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेपछि नेपाल प्रहरीको तस्करहरुसंग साँठगाँठ रहेको सहस्य बाहिरिएको हो । 
धनुषाको जनकनन्दनी गाउँपालिका १ ईनरुवास्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले रु ८३ लाख ६४ हजार ५ सय सहित दुई जनालाई पक्राउ गरेको शसस्त्र प्रहरी छिन्नमस्ता बाहिनिका बाहिनीपति शसस्त्र प्रहरी डिआईजी गणेश बहादुर ठाडा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने अन्दाजी ३६ वर्षीय ईश्वर मण्डल र  अन्दाजी १९ वर्षीय राजेश मण्डल रहेका छन् ।
ज ७ प ५००७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा  शंका लागि जाँच गर्दा उनीहरूले बोकेको आलुको बोराभित्र सो  रकम फेला पारेको शसस्त्र प्रहरी बल नम्बर ८ हे।क्वा गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
भने,मधेश प्रदेशका जिल्लाहरूमा तस्करहरूलाई नेपाल प्रहरी मधेश प्रदेशका प्रमुख मसउद आलम खाँले छुट दिएकाले तस्करहरूले ठुक्क भएर आफ्नो तस्करी गरि रहेको अवस्थामा शसस्त्र प्रहरी सक्रिय भए पछि नेपाल प्रहरीको तस्करहरुसंग साँठगाँठ रहेको रहस्य बाहिरको हो । 
एसएसपी हुँदा पनि मधेश प्रदेशमा बसेका र राजनीतिक शक्तिमार्फत मधेश प्रदेशको कमाण्ड पाएका डीआईजी खाँलाई सशस्त्र प्रहरीले तस्करीको रकम बरामद् गरेर चकित तुल्याएको छ ।
नेपाल प्रहरीको मिलेमतोमा मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा  कपडा,चिनी,सुर्तीजन्य पदार्थहरुका साथै किरानाका सामानहरु भन्सार छलेर अवैध तरिकाबाट भित्रने गरेका छन् ।जस वापत नेपाल प्रहरीले ठुलो रकम उठाउने गरेको पाईएको छ ।

सम्बन्धित समाचार