Close This

बरथवा ५ मा स्वास्थ्य चौकी भवन उद्घाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-११ गते   २५५ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिका ५ मा स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । स्वास्थ्य मन्त्रालयबाट प्राप्त रु ४२ लाखको लागतमा निर्मित भएको स्वास्थ्य चौकी भवनको प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रतीको प्रमुख आतिथ्यतामा बुधबार स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बरहथवा नगरपालिकाका नगर प्रमुख देवानन्द महतो, वडा नं. ५ का वडाध्यक्ष सञ्जय गुप्ता, नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सत्यनारायण यादव, पूर्व सांसद बैजनाथ महतोलगायतको उपस्थिति रहेको बरथवाबाट निकेश त्रिपाठीले जानकारी दिनु भयो । 
वडा नं. ५ को माथिल्लो क्षेत्रमा घनाबस्ती रहेकाले त्यसैलाई मध्यनजर गर्दै स्वास्थ्य चौकीको भवन निर्माण गरिएको वडाध्यक्ष गुप्ताले बताउनु भयो । बरथवा नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका नागरिकलाई सामान्य स्वास्थ्य समस्याबाट पिरोलीनु नपरोस भनेर विकास निर्माणका साथै स्वास्थ्य क्षेत्रमा विशेष जोड गरिरहेको नगर प्रमुख महत्तोले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech