Close This

स्वर्णीका श्रेष्ठ स्मृति प्रतिष्ठानद्धारा लालबन्दीका २१ जना दिदीबहिनीहरुलाई साडी वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१५ गते   २९९ पटक हेरिएको

सर्लाही जिल्ला प्रदेश १(ख) की प्रदेश सभा सदस्य लुंगेली साडी हस्तान्तरण गर्दै साथमा प्रतिष्ठानका अध्यक्ष श्रेष्ठ समेत

स्वर्णीका श्रेष्ठ स्मृति  प्रतिष्ठानले रंग,सद्भाव र भाइचाराको पर्व फागु पुर्णिमा अर्थात होलीको अवसरमा  सर्लाहीको लालबन्दीका २१ जना दिदी बहिनीहरुलाई साडी वितरण गरेको छ । 
नेपालीहरुको महना पर्व फागु पुर्णिमा अर्थात होलीको अवसर पारेर फाण्डेशनले लालबन्दीका दिदीबहिनीहरुलाई साडी निःशुल्क वितरण गरेको हो ।
सर्लाही जिल्ला प्रदेश १(ख) की प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी श्याम श्रेष्ठको अध्यक्षतामा लालबन्दी नगरपालिका ७ मा रहेको अम्ब्रेला फुडल्याण्डमा भएको एक कार्यक्रममा लालबन्दीका २१ जना दिदी बहिनीहरुलाई साडी वितरण गरिएको प्रतिष्ठानका सचिव कृष्ण भण्डारीले जानकारी दिनु भयो ।
निरन्तर समाजसेवामा लागेका प्रतिष्ठानका अध्यक्ष श्रेष्ठको वशेष पहलमा साडी प्राप्त भएको र फागु पुर्णिमा अर्थात होलीको अवसरमा लालबन्दीका २१ जना दिदी बहिनीहरुलाई साडी वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech