Close This

पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१० गते   १७१ पटक हेरिएको

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको नयाँ कार्य समिति पदाधिकारीहरुलाई सम्मान गरिएको छ ।   भोर नामक संस्थाले एक कार्यक्रमको आयोजना गरी महासंघका जिल्ला अध्यक्ष टंकबहादुर क्षेत्री लगायत अन्य पदाधिकारीहरुलाई सम्मान गरेको हो । 
सर्लाहीको चन्द्रनगर गाउँपालिका २ बबरगन्जमा समाजसेवी छबिलाल महतोको अध्यक्षतामा आयोजना गरिएको  कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष क्षेत्री लगायत अन्य पदाधिकारीहरुलाई सम्मान गरेको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल कुमार ठाकुरले जानकारी दिनु भयो । चन्द्रनगर गाउँपालिका–२, का वडाध्यक्ष रामनारायण महतोको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा भोरका संस्थापक अध्यक्ष राजकुमार महतो लगायतको उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech