दिप प्रज्वलन सहित सर्लाहीमा संविधान दिवश मनाइयो

3k Shares

संविधान दिवसको अवसरमा शनिबार जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रम भएको छ । २०७२ साल असोज ३ गतेनेपाल संविधान जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष असोज ३ गते संविधान दिवश मनाउने गरिन्छ ।
संविधान जारीपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू क्रमशः कार्यान्वयनमा छन् । संविधानले परिकल्पना गरेको कतिपय संरचना निर्माण र नागरिक तहसम्म पहुँच भने अझै पुग्न सकेको छैन ।
संविधानले परिकल्पना गरे अनुसारको सङ्घीय व्यवस्था कार्यान्वयनमा आएको छ । तर स्थानिय निकायबाट अझै पनि प्रभावकारी सेवा सुविधा प्राप्त हुन नसकेको नागरिकको गुनासो कायमै छ । दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट अनेरास्ववियुले पनि जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रम गरेको छ ।
जिल्लाको लालबन्दी, नवलपुर, हरिवन,नयाँरो र बागमती लगायत स्थानमा संविधान दिवसको अवसरमा दिउँसो स्वागत तथा साँझ दिप प्रज्वलन कार्यक्रम गरिएको थियो ।
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत पार्टीका नेता कार्यकर्ताले संविधान दिवसको अवसरमा स्वागत तथा दिप प्रज्वलन कार्यक्रम गरेका छन । 
अनेरास्ववियू भाद्र ३१ गते विभिन्न कार्यक्रम गर्ने सर्कुलर जारी गरेको थियो । त्यही अनुसार मलंगवामा हुने संबिधान बिषयक अन्तरक्रिया कार्यक्रम साम्प्रदायिक द्वन्द र प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको विशेष अनुरोधमा स्थगित गर्नु परेको अनेरास्ववियू सर्लाहीका संयोजक बिबेक मैनालीले बताउनु भयो ।
संविधान दिवसको अवसरमाआयोजिक कार्यक्रममा संबिधान समाजवाद उन्मुख रहेको र  नेकपाबाट निर्वाचित जनप्रतिनिधिले समाजवाद उन्मुख बिकास र जनजीवन बनाउनु पर्नेमा अनेरास्ववियू सर्लाहीको सम्योजक मैनालीले जोड दिनु भयो
पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा भने हरिवन, लालबन्दी, बागमती लगायतमा नेकपाका नेता कार्यकर्ता,नगरप्रमुख,उप प्रमुख सहित जनप्रतिनिधिहरुको सहभागितामा साँझ उल्लेख्य स्थानीयबासीको उपस्थितीमा दिप प्रज्वलन गरिएको थियो ।

सम्बन्धित समाचार