ट्रक सहित करिब २ बराबरको अवैध चिनी हरिवन प्रहरीको नियन्त्रणमा

1.9k Shares

सर्लाहीको हरिवन नगरपालिका १०  स्थित नयाँ रोडबाट प्रहरीले ठुलो मात्रामा भन्सार छलीको चिनी सहित २ वटा ट्रक नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोलीले विशेष सुराकीको आधारमा चेकजाँच गर्दा नेपाल भारत सिमा स्थित बलरा नाकाबाट भन्सार छलेर नेपाल भित्रीएको २ वटा ट्रक र ९ सय ८० बोरा चिनी बरामद् गरेको हो । 
हरिवन नगरपालिका १० स्थित नयाँरोड बरहथवा सडक खण्डमा प्रदेश २–०३–००१ ख ६५८५ नम्बरको ट्रकमा ५० किलो दरका ५ सय बोरा चिनी र ना. ७ ख. ६१४५ नम्बरको ट्रकमा ४ स ८० बोरा अवैद्य चिनी बरामद् भएको प्रहरीले जनाएको छ । उक्त चिनीको अनुसन्धान गर्ने क्रममा प्रिया ट्रेड जनरल अर्डर सप्लार्यस मलंगवाको १९४ र १९५ नम्बरको अनलाईन विलमा सोनामन्सुली चामल उल्लेख गरिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनलाईन विल समेत भएको भएपनि चामलको विल फेला परेको र चिनी ढुवानी भएको पाइएको हो ।


ना ७ ख ६१४५ र प्रदेश २ ०३ ००१ ख ६५८५ नम्बरका २ वटा ट्रकमा लोड गरि नेपाल भित्र्याई पुर्व पश्चिम लोकमार्गमा पुर्याउँदै गर्दा ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालय सर्लाही पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिनुभयो ।
प्रदेश २–०३–००१ ख ६५८५ नम्बरको ट्रकमा ५० किलोका दरले ५ सय बोरा चिनी गरी जम्मा २ सय ५० क्वुन्टलको अन्दाजी रु १७ लाख ५० हजार र ना. ७ ख. ६१४५ नम्बरको ट्रकमा ५० किलोका दरले ४ सय ८० बोरा चिनी गरी जम्मा २ सय ४० क्वुन्टल चिनीको  अन्दाजी रु.१६ लाख ८० हजार  र प्रदेश २–०३–००१ ख ६५८५ नम्बरको ट्रक अन्दाजी मुल्य रु.८० लाख  र ना. ७ ख. ६१४५ नम्बरको ट्रकको अन्दाजी मुल्य रु.८० लाख गरी कुल रु १ करोड ९४ लाख ३० हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत एवम प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बिजय यादवले बताए । उनका अनुसार प्रदेश २–०३–००१ ख ६५८५ नम्बरको ट्रकका चालक बरहथवा नगरपालिका ४ को अन्दाजी वर्ष ३४ का रबिन्द्र साह र ना. ७ ख. ६१४५ नम्बरको ट्रकका चालक कविलासी नगरपालिका १ पिपरियाका अन्दाजी वर्ष २६ का सन्तोष यादव पनि प्रहरी नियन्त्रणमा रहेका छन् । यति ठुलो मात्रामा चिनी कसले र कहाँ लैजान भन्सार छलेर भित्र्याएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान सुरु भएको सर्लाही प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार