Close This

प्रदेश २ मा सरकारको स्वास्थ्य मापदण्ड अटेर गरेको भन्दै गरिएको कार्बाहीबाट साँढे तीन लाख राजश्व संकलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१२ गते   १५९ पटक हेरिएको

 विश्वव्यापी महामारीको रुपमा फैलिएकोे (कोरोना भाईरस) रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको २ नम्बर  प्रदेश प्रहरी कार्यलय जनकपुरले हाल सम्म रु ३ लाख ५२ हजार ४ सय राजश्व संकलन गरि सकेको छ ।
नेपाल सरकारले तय गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगरेको भन्दै संक्रामक रोग निवारण ऐन २०२० वमोजिम ३ हजार ५ सय २४ जनालाई कार्बाही गरि हाल सम्म रु ३ लाख ५२ हजार ४ सय राजश्व संकलन गरेको  २ नम्बर  प्रदेश प्रहरी कार्यलय कार्यालय जनकपुरका सुचना अधिकारी तथा प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनु भयो ।
कोरोना भाईरसबाट थप क्षति व्यहोर्नु नपरोस, समयमानै सबै पक्षहरु सजग÷सतर्क रहि सुरक्षित व्यवस्थापन गर्न सकियोस भन्ने मुलभूत अभिप्रायले कोरोना भाईरुस विरुद्धको दोस्रो चरणको रोकथाम तथा नियन्त्रण कार्यक्रम सुरु गरेको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रदेश भित्र २०७८ वैशाख १ गते देखि नै सार्वजनिक स्थान÷सवारी साधनहरुमा मास्क प्रयोग नगरि हिंड्ने व्यक्तिहरुलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कार्वाही गने कार्य सुरु गरेको थियो ।
कार्यक्रमको शुरुवाती वैशाख १ गते देखि ४ गतेसम्म ४ सय ७० पटक व्यापक मात्रामा प्रचार प्रसार÷माईकिङ÷जिंगल समेत बजाई सचेतना गराएको प्रहरीले वैशाख ४ गतेबाट ११ गतेसम्म क्रमशः ३ घण्टा होल्डिङ गरि ४४ हजार ४ सय ५१ जनालाई सम्झाई बुझाई छोडिएको जनाएको छ ।  त्यसैगरी १६ हजार ९ सय ६९ जना व्यक्तिहरुलाई होल्डिङ्ग गरी मास्क वितरण गरि छाडिएको र हालसम्म ३ हजार ५ सय २४ जनालाई संक्रामक रोग निवारण ऐन २०२० वमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यलयसँग समन्वय गरी प्रति व्यक्ति रू. १ सयका दरले जरिवाना गरि रु  ३ लाख ५२ हजार  ४ सय राजस्व  संकलन गरिएको २ नम्बर  प्रदेश प्रहरी कार्यलय कार्यालय जनकपुरका सुचना अधिकारी तथा प्रहरी उपरिक्षक प्रसाईले बताउनु भयो ।
नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पुर्ण रुपमा पालना गराउन सबैपक्षको आ–आफ्नो तर्फबाट महत्वपुर्ण भूमिका हुने भएकोले विशेषगरी रेष्टुरेण्ट, पार्टी प्यालेस एवं सभा सम्मेलन अर्थात मानिसहरुको बढी भिडभाड हुने क्षेत्रहरुमा स्वास्थ्य मापदण्ड पालना गरी २५ जना भन्दा बढी भेला जम्मा हुन नपाउने हुँदा अनिवार्य नियमको पालना गर्नु हुन २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरले अपिल पनि गरेको छ । भने नेपाल सरकारले तोकेको मापदण्डलाई अटेर गरेमा कडाईका साथ संक्रमण रोग निवारण ऐन २०२० अनुसार अनिवार्य कारवाही गर्ने प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech