Close This

निषेधाज्ञा(लक डाउन)को समयमा पनि रोकिएन लालबन्दीको विकास निर्माणको काम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२२ गते   २८८ पटक हेरिएको


“खाने मुखलाइ जुङाले छेक्दैन” भने झैँ बिकास प्रेमी जनप्रतिनिधिहरु भएको स्थानिय निकायमा कोहि कसैले रोक्न सक्दैन । सर्लाहीको लालबन्दी नगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) संक्रमणका कारण देश व्यापी लक डाउन(निषेधाज्ञा) घोषणा भएको भएपनि नगरको विकास निर्माणको काम निरन्तर भई रहेको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को नयाँ भेरियन्टले छिमेकी देश भारत आक्रान्त भईसकेको र त्यसका असर नेपालमा पनि परि सकेको समयमा  समेत नगरका विकास निर्माणका काम निरन्तर भई रहेका छन् । छिमेकी देश भारतसंग प्रत्यक्ष सिमा जोडिएको र कोरोनाको हटस्पट मानिएको सर्लाहीमा  पनि निषेधाज्ञा जारी गरिएको छ । तर लालबन्दी नगरपालिकामा भने नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरि धमाधम विकास निर्माणका कामहरु भई रहेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो ।
नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै नगरको पर्यटकिय क्षेत्र नारायण डाँडाको भ्युटावर निर्माण,नगरकै मुटु लालबन्दी बजारमा बहुआयामिक भवन निर्माण,नगरका विभिन्न वडाहरुको वडा कार्यालय भवन निर्माण,नगरका विभिन्न वडाहरुमा आधारभूत स्वास्थ्य क्लिनिक,नगरका विभिन्न स्थानका सडकहरुको कालोपत्रे तथा स्तरोउन्नती,पुल पुलेसाको निर्माणका कामहरु भइरहेका लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
नगरका विभिन्न स्थानमा सडकको स्तरोउन्नती तथा कालोपत्रे हुनु भन्दा पहिला हरेक समय हिलाम्मे हुने क्षेत्रमा सडकको स्तरोउन्नती तथा कालेपत्रे भएपछि स्थानियबासी समेत खुसी भएका छन् ।
लालबन्दी नगरपालिकाका सबै जनप्रतिनिधिहरुको एक्यवद्धता भएपछि  नगरको विकास निर्माणले तिब्रता पाएको छ । नगरपालिकाको वडा नम्बर १ देखि १७ सम्मका साना तथा ठुला सडकहरुको स्तरोउन्नती हुनुको साथै सडक कालापत्रे पनि निरन्तर रुपमा भई रहेको छ । स्वास्थ्य मापदण्ड अपनाउदै नगरको विकास निर्माण र समृद्ध नगर बनाउने काममा आफुहरु निरन्तर लागि परेको लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामाले बताउनु भयो ।
लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरु बिहान,दिउँसो र साँझको समयमा नगरबासीको साथमा रहेर समस्या बुझ्ने र कसरी समाधान गर्ने भन्ने बारेमा नगरबासी जनतासंगै छलफलमा समय बिताउने गरेको र नगरको विकास निर्माणमा त्यतिकै लागि परेको नगर उप प्रमुख लामाले बताउनु भयो । “स्वच्छ,शुन्दर र समुन्नत शहर, सर्लाहीको शान लालबन्दी नगर” भन्ने उद्धेश्य पूरा गर्ने लक्ष्यका साथ नगरका सबै १७ वटै वडाका जनप्रतिनिधिहरु एक भएर नगरको विकासमा लागि परेको लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष सुरेन्द्र कुमार न्यौपानेले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech