Close This

निषेधाज्ञाको मौका छोपी वनक्षेत्रमा तस्कर र शिकारीको चहलपहल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१० गते   ३०९ पटक हेरिएको

 विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९ ) संक्रमणका कारण चारैतिर निषेधाज्ञाले आवागमन पातलिए पछि सर्लाहीका वनहरुमा तस्कर रसिकारीको बिगबिगी बढेको छ ।
सर्लाहीका वनक्षेत्रमा वन तस्कर र शिकारीले निषेधाज्ञाको मौका छोपी तस्करी सिकारी बढाउका छन् । जिल्लाको लालबन्दी,इश्वरपुर,हरिपुर्वा र वरथवा नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन् । जिल्लामा वैशाख २५ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई बढाइएको छ । निषेधाज्ञाको मौका छोपी वनक्षेत्रमा तस्कर र शिकारीले जंगली जनावर र वनजन्य पदार्थको चोरी सिकारी बढेको छ ।
तस्कर चालढाल बुझ्न वन पस्ने गरेका भए पनि शिकारी चाहिँ दिनहुँ बँदेल, हरिण, मृग, दुम्सी,निल गाई लगायत वन्यजन्तुको शिकार गरेर फर्कने गरेका वनसँगै जोडिएको बस्तीका बासिन्दाको भनाइ छ । “काठ तस्कर चाहिँ वनको सुरक्षा अवस्था बुझ्न पस्ने गरेका छन्, पछिल्लो निषेधाज्ञाबीच काठ नै ओसारिएको देखिएको छैन,तर जंगली जनावरको सिकार भनेबढेको छ ।”, स्थानिय निर वहादुर लामाले भन्नुभयो, निषेधाज्ञाबीच सुरक्षा गस्ती पातलिएसँगै यो चहलपहल बढेको लामाको भनाइ छ ।
सर्लाही र महोत्तरीको सीमाक्षेत्रका जङ्गलमा नीलगाई, बँदेल, हरिण, मृग र दुम्सीसहितका वन्यजन्तु तथा वनकुखुरा (लुइँचे) र कालिजसहितका पक्षी बाक्लै छन् । शिकारीको निसाना बँदेल, मृग, हरिण,निल गाई,दुम्सी र पंक्षीहरुमा हुने गरेको वनक्षेत्र नजीकका बासिन्दा बताउँछन् ।
वैशाख ३० गते साँझ सिकारीले निल गाई मारी छाला काट्दै गर्दाको अवस्थामा प्रहरीलेएकजना सिकारीलाई नियन्त्रणमा लिएको थियो । इश्वरपुर नगरपालिका ४ सागरनाथ वन क्षेत्रबाट हतियार सहित वन पसेका शिकारीको  प्रदेश नं.२ ०२ ०३२ प २५२२ नम्बरको मोटरसाईकल र बिआर ३० यु ४६७७ नम्बरको भारतिय नम्बरका दुईवटा मोटरसाईकल सहित तीन नाल भरुवा बन्दुक, त्यसमा लाग्ने फलामको बारुद ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयालवास र प्रहरी चौकी फुलजोरको प्रहरी टोलीले बरामद गरेको थियो । सोक्रममा शिकारका लागि वन पसेका शिकारी  र प्रहरी बीच दोहोरो गोलीहानाहान समेत भएको ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयालवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले बताउनु भयो । सिकारीले तीन राउण्ड हवाई फाएर गरेको र जवाफमा प्रहरीले दुई राउण्ड हवाई फाएर गरेको प्रहरी निरिक्षक ढुंगानाले बताउनु भयो ।  प्रहरीले फाएर गरेपछि सिकारीहरुले भरुवा बन्दुक छोडेर भागेका भएपनि एक सिकारी इश्वरपुर नगरपालिका ४ का  रण बहादुर गोलेलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक खोजतलास र थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । सिकार गर्न गएका चार जना मध्य बाँकी तीनजना भागेको र उनिहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।
वनक्षेत्रमा तस्कर र शिकारीको चहलपहल बढेपछि नजीकका बासिन्दा डराएका छन् । तस्कर र शिकारीले आपूmहरुसँग कसैलाई पोल लगाए कुटपिट गर्ने धम्कीसमेत दिने गरेका सर्वसाधारणको भनाइ छ । वनक्षेत्र नजीकका बासिन्दाले सम्बद्ध पक्षसँग सघन गस्ती बढाउन माग गरेका छन् ।
डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत माधव प्रसाद देवले शिकारीले गतिविधि बढाएको स्वीकार गर्दै वन सुरक्षा गस्तीलाई सक्रिय बनाइएको बताउनुभयो । कार्यालयले लालबन्दी,इश्वरपुर,हरिपुर्वा र वरथवा नगरपालिका क्षेत्रका वनमा सघन गस्तीका लागि आफ्नै अधिकृतको कमान्डमा सुरक्षाकर्मी परिचालित गरिएको उहाँले बताउनु भयो ।  यस क्रममा गस्तीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनसँग समेत समन्वय गरिएको देवको भनाइ छ ।
निषेधाज्ञा घोषणा पछि वनमा शिकारी र काठ तस्कर नपसेका डिभिजन वन कार्यालयको दाबी छ । पछिल्ला दिनहरुमा वनका कुनै रूख नकाटिएका र वन्यजन्तुको विचरण पनि राम्रो रहेको सव डिभिजन वन कार्यालय लालबन्ीका डिभिजन प्रमुख उज्वल कुमार यादवले बताउनुभयो । “जिल्लाका बस्तीमा लकडाउनबारे आम मान्छेमा बढेको सकारात्मक सचेतनाले सवारी आवागमन एकदमै पातलिएको छ”, यादवले भन्नुभयो,उहाँका अनुसार “सवारी आवागमन हुन नदिन बढेको कडाइले वन सुरक्षामा पनि सकारात्मक प्रभाव पारेको छ ।”
यसैगरी पछिल्ला केहीदिन यता भएको लगातार वर्र्षाले पनि बाह्य चहलपहल घटाएको देखिँदो छ । यसबीचमा डिभिजन कार्यालय मातहतका जिल्लाका ६ वटा सब डिभिजन कार्यालयमध्ये सघन वनक्षेत्रसँग जोडिएका पाँच वटा कार्यालयले आफ्ना क्षेत्रभित्रका सामुदायिक वन उपभोक्ता समितिको तत्परतामा वन संरक्षण समन्वय संयन्त्र गठनसमेत गरेका छन् । पाँच सब डिभिजन मातहतका ८२ वटा सामुदायिक वन उपभोक्ता समितिले आ–आफ्ना क्षेत्रभित्र बनाएका संयन्त्रको खबरदारीले पनि तस्कर वन पस्न डराएका डिभिजन वन कार्यालय सर्लाहीको निष्कर्ष छ । जिल्लामा  करिब १ लाख २५ हजार ९ सय ४८ हेक्टर क्षेत्रफल मध्ये २९ हजार ७ सय ३६ दशमलव १हेक्टर  वन क्षेत्र रहेको छ । 
जस मध्ये चुरे क्षेत्रमा पर्ने १३ हजार ८ सय ६८ हेक्टर,तराई वन क्षेत्र १५ हजार ४ सय ९४ हेक्टर,सागरनाथ वन विकास परियोजनाको ६ हजार ६ सय ६९ दशमलव १५ हेक्टर वन क्षेत्र रहेको छ ।
डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रञ्जन दासका अनुसार “कार्यालयकै विशेष तालीम प्राप्त शसस्त्र सुरक्षाकर्मीहरुको तीनवटा बेश रहेका छन् जसमा २१ जना सुरक्षाकर्मीहरु परिचालीत छन् भने भने वनका कर्माचारीहरु सहित ७० जना 
सुरक्षा गस्ती टोली पालो÷पालो गस्तीमा जाँदैछन्, सामुदायिक वन उपभोक्ता समितिले सब डिभिजन क्षेत्रमा संयन्त्र गठन गरेर सक्रियता बढाएपछि तस्करमा झन् डर पसेको छ”, डिभिजन प्रमुख देवले भन्नुभयो, “पछिल्लो पटक लकडाउनमा बढेको कडाइले वनक्षेत्र अहिले शान्त बनेको छ ।”
यसअघि चैत तेस्रो साताको शुरुदेखि वैशाखसम्म भने वनमा वन्यजन्तुको चोरी शिकार र रूख कटान भइरहेको पाइएको थियो । सो अवधिमै वन सुरक्षा गस्तीले करीब २६ दशमलव १५ क्युविक फिट साल र सिसौका काठ विभिन्न ठाउँबाट बरामद गरिएको थियो ।
 त्यसै अवधिमा टेम्पु,ट्याक्टर र साईकल सहितका काठ ओसार्न प्रयोग गरिएका सवारी साधन र ४ जनालाई सुरक्षा गस्ती टोलीले पक्राउ गरेर कार्वाही प्रक्रिया बढाइसकेको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रञ्जन दासले जानकारी दिनुभयो । भने एक जना सिकारीको विषयमा अनुसन्धान जारी रहेको छ । यसै अवधिमा,नीलगाई, बँदेल, हरिण, मृग र दुम्सीसहितका वन्यजन्तु तथा वनकुखुरा (लुइँचे) र कालिजसहितका २ वन्यजन्तुको उद्धार गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । १ वटा पशु चौपाएको उ४ार गरिएको कार्यालयले जनाएको छ ।
पछिल्लोपटक सर्लाही र महोत्तरीमा दिनहुँजसो कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्वसाधारण नै लकडाउनप्रति सकारात्मक हुँदै गएका छन् । जिल्लाका बस्ती÷बस्तीमा स्थानीय दारुकतामा बाटो हिँड्ने मान्छेको पहिचान र आउने जाने मान्छेको खोजी बढ्दै गएपछि सडक सुनसान देखिन थालेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech