Close This

प्रधानमन्त्री कृषि परियाेजना सर्लाही मधेश प्रदेश मै उत्कृष्ट,९५ दशमलव ५ प्रतिशत कार्यप्रगति

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-३० गते   २२६ पटक हेरिएको

सर्लाहीमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले  आर्थिक वर्ष २०७८/०७९ मा मधेश प्रदेश कै सबै भन्दा धेरै कार्यक्रम गरेकाे  पाईएकाे छ ।
परियोजनाले उपलब्धीमूलक कार्य गरकै कारण मधेश प्रदेश मै सबैभन्दा धेरै काम गरेकाे परियाेजना ईकाई कार्यालय सर्लाहीका निमित्त बरिस्ठ कृषि अधिकृत राम दरेश रायले बताए ।
स्वदेशी पुँजी, प्रविधि तथा जनशक्तिको प्रयोग गरेर कृषिमा यान्त्रिकीकरण,विशिष्टीकरण गरेर कृषि उत्पादन बढाउने र विदेशबाट हुने गरेको आयातलाई विस्थापित गर्न मद्दत गरेको परियाेजना ईकाई प्रमुख रायले बताए । कोरोना महामारीका कारणले परियोजनाको समग्र बजेट र कार्यक्रममा प्रभाव परेकाे भए पनि आर्थिक वर्ष ०७८/०७९ मा करिब रु ३ कराेड बजेट रहेकाे र साेही अनुसार आफुहरुले काम गरेकाे भए पनि चालू आर्थिक वर्ष ०७९/०८० मा करिब रु ५ कराेड बजेट आएकाे बताए  । उनले अघिल्लाे आर्थिक वर्षमा परियाेजनाले गरेकाे कामकाे आधारमा चालू आर्थिक वर्षकाे बजेट बढेकाे हाे ।
आर्थिक वर्ष २०७९/०८० मा विनियोजन भएको बजेटमध्ये कृषि उत्पादनतर्फ रु १ करोड २० लाख  बजेट विनियोजन गरिएको अधिकृत रायले बताए । 
त्यसैगरी कस्टम हाईरिङ सेक्टर व्यावस्थापन तर्फ रु ४८ लाख,यान्त्रिकरण तर्फ रु ३६ लाख,साना सिचाई तर्फ रु २४ लाख साना ट्युवेल जडान तथा ईनार मर्मत तर्फ रु ८५ लाख ४० हजार,प्रशासनिक तथा कार्यक्रम खर्च तर्फ रु ४६ लाख ४ हजार,कमै जाेन अनुदान तर्फ रु ५ लाख ५० हजार,धान बीउ उत्पादन तर्फ रु ४ लाख र सिन्चित क्षेत्र विस्तारका लागि रु ३२ लाख गरि कुल रु ५ कराेड ८ लाख १३ हजार बजेट रहेकाे छ । भने अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा करिब रु २ कराेड २९ लाख बजेट रहेकाे थियाे ।
परियाेजनाले मकै पकेट क्षेत्र बरहथवा नगरपालिका र बागमती नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालन भई रहेकाे र धान उत्पादन पकेट क्षेत्र जिल्लाकाे हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिका सञ्चालन रहेकाे परियाेजनाले जनाएको छ ।
२०७२/०७३ बाट जाेन कार्यक्रम सञ्चालन सुरु भएकोमा अघिल्लो आर्थिक वर्ष सम्म कार्य प्रगति विवरण न्यून भएको भए पनि आर्थिक वर्ष २०७८/०७९ मा  परियाेजना ईकाई सर्लाही मधेश प्रदेश कै सबैभन्दा धेरै कार्य प्रगति गर्ने कार्यालय रहेकाे परियाेजना प्रमुख रायले बताए ।उनका अनुसार मधेश प्रदेशमा सञ्चालित परियाेजनाका कामहरु मध्य सर्लाहीले ९५ दशमलव ५ प्रतिशत कार्य प्रगति गरेकाे छ ।
चालू आर्थिक वर्ष २०७९/०८० मा अधिकांश बजेट किसान तथा कृषि उत्पादन बढाउने कार्यक्रममा केन्द्रित भएको उनले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech