Close This

अस्पताल आइपुग्यो रिएजेन्ट, रोकिएको रिपोर्ट आज आउने,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२४ गते   १५० पटक हेरिएको

 सर्लाही जिल्ला अस्पताल मलंगवामा रिएजेन्ट आइपुगेको छ । पीसीआर ल्याब चलाउन आवश्यक पर्ने मास्टर मिस्क रिएजेन्ट सकिँदा गएको सुक्रवारदेखि ल्याब बन्द रहेको थियो ।
स्वास्थ्य निर्देशनालय जनकपुरबाट रिएजेन्ट आइपुगेको र सोमबारबाट ल्याब पूर्ववत् रुपमा सूचारु भएको जिल्ला अस्पताल सर्लाहीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवल किशोर झाले बताउनुभयो ।
तीन दिन ल्याब बन्द हुँदा जिल्ला अस्पताल सर्लाहीमै पुगेर थ्रोट स्वाब दिएका तथा लालबन्दी नगरपालिका १५ र १६ परवानीपुर र हरिवन नगरपालिका ४ सासापुर लगायतका स्थानबाट लगिएको स्वाबको चार÷पाँच दिन भइसक्दा समेत रिपोर्ट आउन बाँकी रहेको थियो । ल्याब टेक्नोलोजिष्ट रवीन्द्र रानाभाटले सोमवारबाट ल्याब सूचारु भएपनि सबैतिरबाट आएको स्वाबको रिपोर्ट आजबाट मात्रै आउने उहाँले बताउनु भयो । उहाँका अनुसार ल्याबमा एक पटकमा ९३÷९४ जनाको स्वाब जाँच गर्न मिल्छ ।
भने, जिल्लामा केही दिनदेखि संक्रमणमुक्त हुनेहरुको संख्या दिनहुँ बढ्दो र मृत्युदर घट्दो रहेको सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकार िदिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech